रानीपानी ,पर्वत, माघ, २०

विहादी वहुमुखी क्याम्पस स्थापनार्थ साथै नेपालतारा माविमा सञ्चालित प्राविधिक शिक्षाको स्तरोन्नतिका लागि माघ १५ देखि २२ गतेसम्म सञ्चालित श्रीमद्भागवत् विराट ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रानीपानी ,पर्वत, माघ, २०

विहादी वहुमुखी क्याम्पस स्थापनार्थ साथै नेपालतारा माविमा सञ्चालित प्राविधिक शिक्षाको स्तरोन्नतिका लागि माघ १५ देखि २२ गतेसम्म सञ्चालित श्रीमद्भागवत् विराट ज"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

महायज्ञको छैटौँ दिन १ करोड ८१ लाख रकम सङकलन

२१ माघ २०७३, शुक्रबार ०६:४३

रानीपानी ,पर्वत, माघ, २०

विहादी वहुमुखी क्याम्पस स्थापनार्थ साथै नेपालतारा माविमा सञ्चालित प्राविधिक शिक्षाको स्तरोन्नतिका लागि माघ १५ देखि २२ गतेसम्म सञ्चालित श्रीमद्भागवत् विराट ज्ञान महायज्ञको छैटौँ दिन १ करोड ८१ लाख रकम सङ्कलन भएको छ । जति धेरै दिन बित्दै जान्छन् त्यति धेरै महायज्ञका हरेक दृश्यहरु रोचक र मनोरम बन्दै गएको श्रद्धालु भक्तजनहरुको प्रतिक्रिया छ । “यो महायज्ञ अझै केही दिन बढी लम्बिए पनि हुन्थ्यो नि ।” भन्ने भक्तजनहरुको प्रतिक्रियाले आयोजकको मन गदगद बनाएको छ भन्दै मूल आयोजक समितिका अध्यक्ष होमनाथ पराजुलीले हर्षका आँसु बगाए । उनले दान भन्ने कुरा आफुसँग जे छ, जति छ त्यही र त्यति नै दिने हो, भक्तजनहरुको जिन्सी सामग्री, खाद्य सामग्रीको सहयोग उल्लेखनीय छ, १५ हजारभन्दा मुनिको नगद सहयोग र जिन्सी सहयोगका लागि महायज्ञस्थलमै घोषणा र सम्मान गर्दै आएका छौँ भन्दै सातौँ दिन अर्थात माघ २१ गते स्वास्थ्यमन्त्री गगन कुमार थापाको स्वागत र महायज्ञको विशेष निष्कर्षका लागि सबै श्रद्धालु भक्तजन, दाजुभाइ–दिदीवहिनीहरुलाई विशेष निमन्त्रणा समेत दिए । महायज्ञ मूल आयोजक समितिका सचिव तथा यसै विद्यालयका शिक्षक मुकुन्द पराजुलीका अनुसार रानीपानी ४ निवासी भूपू प्रधानपञ्च  तथा यसै विद्यालयका संस्थापक सदस्य स्व. कृष्णलाल पराजुलीकी धर्मपत्नी बालिका पराजुली र  छोराहरुले अघिल्लो दिनको रकममा थप गरी २ लाख २५ हजार ५ शय ५ दिएर हालसम्मकै सबैभन्दा बढी सहयोग गरी जेठा छोरा नमराज शर्मा छैटौँ दिनको सभानायक समेत हुनु भएको छ ।

रानीपानी २ हाल काठमाडौँ निवासी समाज सेवी, शिक्षाप्रेमी, भूपू विव्यस अध्यक्ष, ग्रामीण सामुदायिक विद्यतीकरणका अध्यक्ष महायज्ञ मूल आयोजक समितिका संयोजक लोकबन्धु शर्मा र धर्मपत्नी शारदा शर्माले यसै विद्यालयका संस्थापक सदस्य स्व. पिता कालीदास उपाध्याय र माता देवरुपा उपाध्यायको स्मृतिमा  १ लाख ५१ हजार १ शय ११ सहयोग गर्नु भएको छ । यसै गरी बर्राचौर ६ निवासी हाल पृथ्वी नारायण क्याम्पस पोखराका उपप्राध्यापक होमनाथ शर्मा पौडेलको परिवारले  १ लाख २२ हजार २ शय २२, रानीपानी ३ निवासी शिक्षाप्रेमी खोबनाथ, यमनारायण, देवी, विष्णु र दामोदर ज्ञवालीको परिवारले आफ्ना हजुरबुबा अग्निधर ज्ञवालीको स्मृतिमा १ लाख ११ हजार १ शय ११, वर्राचौर ३ निवासी यसै विद्यालयका शिक्षक ठाकुर पुरी र भाइहरुले मातापिताको नाममा १ लाख १ हजार १ शय १, रानीपानी २ हाल चितवन रामनगर निवासी शिक्षाप्रेमी यसै विद्यालयका भूपू विद्यार्थी जीवनाथ पराजुलीले ५१ हजार १ शय ११, रानीपानी २ हाल वुटवल निवासी समाजसेवी यसै विद्यालयका भूपू विद्यार्थी टंक पराजुलीले ५१  हजार १ शय ११, रानीपानी १ निवासी समाजसेवी तथा जग्गादाता परिवारकी जमुना कुँवरले आफ्ना स्व. पति हर्कबहादुर कुँवरको स्मृतिमा ५१ हजार १ शय ११, बर्राचौर निवासी खड्कराज गिरीले स्व. मातापिताको स्मृतिमा ५१ हजार १ शय ११, बाच्छा ३ निवासी समाजसेवी भिम बहादुर खड्काले ५१ हजार १ शय, रानीपानी ३ निवासी मनमाया क्षेत्रीले आफ्ना स्व. पतिको स्मृतमा ५१ हजार ५, रानीपानी ३ निवासी कोपिला क्षेत्रीले आफ्ना स्व. पतिको स्मृतिमा ५१ हजार, रानीपानी ३ निवासी उद्यमी भोजबहादुर क्षेत्री र लक्ष्मी क्षेत्रीले ५० हजार ५ शय ५, बर्राचौर ९ निवासी समाजसेवी गोबानन्द गिरीले  २५ हजार १ शय २५, बर्राचौर ७ निवासी आरती कुँवरले १५ हजार ५ र बर्राचौर २ हाल काठमाडौँ निवासी शिक्षाप्रेमी टेकनारायण ढकालले १५ हजार सहयोग गर्नु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा