२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

केन्द्रबाट औषधि आपूर्ति नगर्दा सल्यानका स्वास्थ्य संस्थामा समस्या

२१ माघ २०७३, शुक्रबार ०७:०५

माघ २१, सल्यान । सरकारले निःशुल्करुपमा स्वास्थ्य संस्थामार्फत वितरण गर्ने औषधि खरिद नगर्दा समस्या देखिएको छ । विगत दुई वर्षदेखि केन्द्रबाट आपूर्ति गर्ने औषधि खरिद नभएपछि जिल्लाका स्वास्थ्य संस्थामा औषधि वितरणमा कठिनाइ भएको हो । 

जिल्ला स्वास्थ्य कार्यालय, सल्यानले दिएको जानकारीअनुसार जिल्ला स्वास्थ्य कार्यालयले कुल मागको २० प्रतिशत मात्र औषधि खरिद गर्न पाउने भएकाले बाँकी औषधि आपूर्तिका लागि केन्द्र तथा क्षेत्रमा भर पर्नुपर्ने भएको हो । 

“सरकारले निःशुल्करुपमा वितरण गर्ने भनिएका ७० प्रकारका औषधिको कुल मागको ५० प्रतिशत केन्द्र, ३० प्रतिशत क्षेत्र र बाँकी २० प्रतिशत जिल्लाबाट खरिद गर्ने व्यवस्था छ, जिल्लाले मात्रै खरिद गरेर आपूर्ति गर्न सक्दैन । केन्द्र र क्षेत्रबाट आउने औषधि विगत दुई वर्षदेखि अनियमित भएको छ”, जिल्ला जनस्वास्थ्य प्रमुख डा मनिषा रावलले भन्नुभयो । 

केन्द्र तथा क्षेत्रबाट औषधि प्राप्त नभए पनि जिल्लामा औषधिको अभाव हुन नदिने जनस्वास्थ्य प्रमुख डा रावलले जानकारी दिनुभयो । “हाल जिल्लाका दुई प्राथमिक स्वास्थ्य केन्द्रसहित सबै स्वास्थ्य संस्थामा आगामी दुई महिनाका लागि पुग्ने औषधि हस्तान्तरण भइसकेको छ, मन्त्रालयबाट औषधि खरिदका लागि थप रु १० लाख प्राप्त भएकोमा सोको टेन्डर पनि भइसकेको छ”, रावलले भन्नुभयो । आगामी दुई महिनाका लागि पर्याप्त औषधि स्वास्थ्य संस्थामा उपलब्ध गराइएको त्यसपछि के हुन्छ भन्ने कुरा अहिले नै भन्न नसकिने रावलले जानकारी दिनुभयो । 

सरकारले निःशुल्क रुपमा वितरण गर्ने औषधि पाउनबाट सर्वसाधारण वञ्चित हुनुनपरोस् भनेर आफूले सक्दो प्रयास गरेको रावलले जानकारी दिनुभयो । “जिल्लामा औषधि अभाव हुन नदिन संस्थागत तथा व्यक्तिगत रुपमा प्रयास गरेको छु, जसको परिणामस्वरुप थप रकम प्राप्त भएको छ”, रावलले भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य