२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा चार किलो सुन र चार किलो चाँदी चोरी

२०७३, २१ माघ शुक्रबार १०:३८

माघ २१, चितवन । भरतपुर उपमहानगरपालिका वडा नं २ मिलनरोड, नारायणगढमा रहेको आधुनिक सुनचाँदी पसलमा गएराति अनौठो प्रकारले चोरी भएको छ । 

सो पसल विकास बर्माको हो । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार पीडितले पसलबाट चार किलो सुन, चार किलो ५०० ग्राम चाँदी, रु सात लाख नगद र सिसी क्यामराको डिभिआर बक्ससमेत चोरी भएको जनाएका छन् । 

प्रहरीका अनुसार चोरहरुले सटरको साँचो फोरेर सामान लगिसकेपछि पुनः अर्काे साँचो लगाएर छाडेका छन् । पसलभित्र रहेको सानो सेफ फुटाएर चोरिएको छ भने ठूलो सेफ सुरक्षित रहेको प्रहरी उपरीक्षक दीपक थापाले बताउनुभयो । 

पसलभित्रको सिसी क्यामराको डिभिआरसमेत चोरिएकाले केही पहिचान हुन सकेको छैन । बजारका सडकमा राखिएका सिसी क्यामरामार्फत अनुसन्धान थालिएको उहाँले बताउनुभयो । अनौठो प्रकारको चोरी भएकाले आफूले फरक ढङ्गले यसको अनुसन्धान थालेको बताउँदै उहाँले एक हप्ताभित्र चोर पक्राउ गर्ने दाबी गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला