२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

चीपुर साक्षर घोषणा भएसंगै डडेल्धुरामा साक्षर गाविसको संख्या तेह्र पुग्यो

२०७३, २२ माघ शनिबार १२:२५

माघ २२, डडेल्धुरा । १८ गविस र दुई वटा नगरपालिका रहेको डडेल्धुरा जिल्लामा साक्षर गाविसको संख्या १३ पुगेको छ शनिबार जिल्लाको चिपुर गाविसलाई एक भब्य औपचारिक कार्यक्रमका बीच साक्षर घोषणा गरिएसँगै यो संख्या १३ पुगेको हो । 

‘डडेल्धुरा जिल्लाको तेह्रौ साक्षर गाविस चीपुरको शान, साक्षर चिपुर गाबिसबासीको पहिचान’ भन्ने मूल नाराका साथ एक बृहत कार्यक्रमका बीच गाविसलाई जिल्ला शिक्षा कार्यालय डडेल्धुराका जिल्ला शिक्षा अधिकारी बसन्त कुमार खत्रीद्धारा साक्षर गाबिस घोषणा गरिएको हो । 

नेपाल सरकार शिक्षा मन्त्रालय औपचारीक शिक्षा केन्द्रले साक्षरताका लागी तय गरेका १२ वटा मापदण्ड मध्ये चिपुर गाविसले गाविसमा रहेका १५ बर्ष देखि ६० वर्ष उमेर समूहका कुल जनसंख्या एक हजार ९ सय २२ जना मध्ये एक हजार ८ सय ७४ जनाले साक्षरताका लागि तोकिएको न्युनतम ७ वटा मापदण्ड पुरा गरेकाले गाविसलाई साक्षर घोषणा गरिएको चिपुर सामुदायिक सिकाई केन्द्रका अध्यक्ष भुवन बोहराले जानकारी दिनु भएको छ । 

जिल्ला शिक्षा कार्यालय डडेल्धुरा, जिल्ला बिकास समिति, जिल्ला अनौपचारीक शिक्षा समीती र सामुदायिक सिकाई केन्द्र चिपुरको संयूक्त आयोजनामा घोषणा समारोह सम्पन्न भएको हो । घोषणा समारोहका प्रमुख अथिति जिल्ला शिक्षा अधिकारी खत्रीले अहिलेको युगमा संख्यात्मक हिसाबमा साक्षरता घोषणा नगरि गुणात्मक शिक्षा र सिपको बिकास गर्नुपर्नेमा जोड दिनु भएको छ । 

डडेल्धुरा जिल्लाको शिक्षाको बिकासका लागि आफु सदैव लागि परेको समेत स्पष्ट पार्नुभएको छ । कार्यक्रममा बिभिन्न क्षेत्रबाट गाविसलाई साक्षर गाविस बनाउन सहयोग गर्नुभएका व्यक्तित्वहरुलाई दोसल्ला ओढाएर प्रंशसापत्र सहित सम्मान गरिएको थियो ।

गाबिस भवनको प्राङ्गणमा सम्पन्न घोषणा समारोहमा जिल्ला स्थित सम्पुर्ण राजनितिक दलका पदाधिकारी, सरकारी तथा गैर सरकारी संघ–संस्थाका प्रतिनिधि, वडा नागरिक मञ्चका पदाधिकारी, वालक्लब, किशोरी समुह, आमा समुह, शिक्षक, बिद्यार्थि, दलित, जनजाती, अपाङ्गता भएका व्यक्ति, महिला, समाजसेवी, बुद्धिजिवि लगायत सम्पुर्ण सरोकारवालाहरुको उल्लेख्य सहभागिता रहेको थियो । यसअघि शुक्रबार मात्रै बगरकोट गाबिसलाई जिल्लाको बाह्रौँ साक्षर गाबिस घोषणा गरिएको थियो । अब डडेल्धुरा जिल्लाका ५ वटा गाबिसहरु साक्षर गाबिस घोषणा हुन बाकिँ छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला