सागर शर्मा/माघ २२, प्युठान  । नेपाल रेडक्रस सोसाईटी विजुवार उपशाखाको १२ औ वार्षिक साधारण सभा शनिबार विजुवारमा सम्पन्न भएको छ । 

उपशाखा सभापति"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सागर शर्मा/माघ २२, प्युठान  । नेपाल रेडक्रस सोसाईटी विजुवार उपशाखाको १२ औ वार्षिक साधारण सभा शनिबार विजुवारमा सम्पन्न भएको छ । 

उपशाखा सभापति"/>

१८ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

रेडक्रस विजुवार उपशाखाको १२औँ वार्षिक साधारण सभा सम्पन्न

२२ माघ २०७३, शनिबार १३:२८

सागर शर्मा/माघ २२, प्युठान  । नेपाल रेडक्रस सोसाईटी विजुवार उपशाखाको १२ औ वार्षिक साधारण सभा शनिबार विजुवारमा सम्पन्न भएको छ । 

उपशाखा सभापति राजकुमार कक्षपतीको अध्यक्षता,जिल्ला स्वास्थ्य कार्यालय प्युठान का डा. कृष्ण शाहको प्रमुख आथिथ्यता, समाजसेवि डा. लेखराज सुवेदीको विषेश आथिथ्यतामा सम्पन्न कार्यक्रममा वार्षिक कार्ययोजना सहितको आर्थिक तथा प्रगति प्रतिवेदन पारित गरेको छ ।

साधारणसभाले कार्यलयलाई व्यवस्थीत गर्न अस्पताल हाता संगै रहेको जग्गामा भवन निर्माण कार्यमा तिव्रता दिने निर्णय गरेको छ । साथै नेपाल रेडक्रस सोसाईटि जिल्ला साखा प्युठानमा रहेको पुरानो गाडी लाई पनि मर्मत गरि उपसाखा मार्फत सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ । 

सोही अवसरमा उपशाखा  सभापति राजकुमार कक्षपतिले भवन निर्माणको लागि आफुले कबोल गरेको रकम रु २० हजार हस्तान्तरण गर्नुभएको थियो । 

साधारण सभाको अवसरमा बोल्दै रेडक्रस प्युठानका उपमन्त्री यादप खनाल ले प्युठान जिल्लाकै मुटु मानिने विजुवार उपशाखाले गरेका गतिविधि मार्फत अन्य उपशाखा लगाएत रेडक्रस क्रमीका लागी समेत सिकाई हुने भएकाले मासिक रुपमा कार्ययोजना सहित कार्यक्रमहरु बनाउनु पर्ने र भवन निर्माणमा लागी पर्न सुझाब दिनुभएको थियो  ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी जिल्ला स्वास्थ्य कार्यालय प्युठानका प्रमुख डा. कृष्ण शाहले रेडक्रस संग जिल्ला स्वास्थ्य कार्यालय प्युठानको अत्यन्त घनिष्ट सम्वन्ध रहेको र अस्पतालको सेवा लाई प्रभावकारी बनाउन रेडक्रसको योगदान उल्लेखनिय रहेको भन्दै आगामी दिनमा पनि रेडक्रस संग सहकार्य गर्न आफु तयार रहेको वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छः सञ्चारमन्त्री खरेल डा भुसाल र विष्टको जीवन रक्षा गर्न आग्रह तत्कालीन गृहमन्त्री लेखकको भ्रमण फुकुवा ट्रम्प बिना क्यापिटल दङ्गा सम्भव थिएनः स्मिथ जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार वर्तमान सरकारले निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्नेछः गृहमन्त्री अर्याल क्रान्स मोन्टानामा बार आगलागी, करिब ४० को मृत्यु युक्रेनको खेरसन क्षेत्रमा भएको ड्रोन आक्रमण २४ जनाको मृत्यु, ५० घाइते आयोगद्वारा समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग छलफल अमेरिकाद्वारा भेनेजुएलाको तेल क्षेत्रमा नयाँ प्रतिबन्ध करिब छ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका गोली लागेर एक जनाको मृत्यु भरुवा बन्दुकसहित पाँच जना पक्राउ सुनचाँदीको मूल्य घट्यो नयाँ वर्ष सन् २०२६ सुरु समानुपातिकको बन्दसूचीमाथि पुनरावलोकन हुन्छ : सभापति लामिछाने सरकार सुशासन कायम गर्न र चुनावतर्फउन्मुखः प्रधानमन्त्री कार्की गुणस्तरीय पर्यटन प्रवर्द्धन गर्नुपर्छ : मन्त्री सिन्हा