१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

मौलिक संस्कार संरक्षणका लागि बुर्तिबाङका ब्रह्माण क्षत्री संगठित

२३ माघ २०७३, आईतवार ०२:३४

कृष्ण कँडेल/माघ २३, बागलुङ । मौलिक संस्कारको संरक्षण गर्दै सामुहिक भावना विकास गरि एक अर्कालाई सहयोग पु¥याउने उदेश्यले ब्राह्मण क्षत्री प्रतिष्ठान बुर्तिबाङ गठन गरिएको छ । 

शनिबार बुर्तिबाङमा भएको ब्राह्मण क्षत्रीहरुको भेलाले सालिकराम शर्माको अध्यक्षतामा ११ सदस्यीय ब्राह्मण क्षत्री प्रतिष्ठ बुर्तिबाङ गठन गरेको हो । 

प्रतिष्ठानको उपाध्यक्षमा लक्ष्मी खड्का बानियाँ, सचिव नरहरी भुषाल, सहसचिव सरण पाण्डे र कोषाध्यक्ष घनश्याम शर्मा रहनुभएको छ । सदस्यमा हिरालाल पौडेल, ज्ञानप्रसाद कँडेल, कृष्णबहादुर भण्डारी, ईन्द्रबहादुर मल्ल, नन्दराम भुषाल र टंक पौडेल रहनुभएको छ । 

तुल्सीराम अर्यालको संयोजकत्वमा गठन गरिएको ७ सदस्यीय सल्लाहकार समितिमा लोकबहादर कुँवर, धनबहादुर कुँवर, चन्द्र अर्याल, निमबहादुर घर्ती, मेषलाल शर्मा र हरिबहादुर कुँवर सदस्य रहनुभएको छ । 

प्रतिष्ठानको विधान तयार गरेर जिल्ला प्रसासन कार्यलयमा दर्ता गरि संस्थागत रुपमा आफ्नो कार्यसम्पादन गर्ने निर्णय भएको सचिव नरहरी भुषालले जानकरी दिनुभयो । 

प्रतिष्ठानलाई संस्थागत गर्न आफ्नो जग्गा व्यवस्थापन गरि भवन निर्माण गर्ने लक्ष्य रहेको छ । 

मानिसको जन्म, विवाह, ब्रतबन्ध, काजक्रिया लगायतका संस्कारमा एकरुपता ल्याउने, सामुहिक भावनाको विकास गर्ने, मौलिक संस्कारको संरक्षण गर्ने र एक अर्कालाई सहयोग गर्ने उदेश्यले प्रतिष्ठान गठन गरिएको अध्यक्ष सालिकराम शर्माले जानकारी दिनुभएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड