२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

छालहाल्नाका बाढिपिडितलाई सेतिबहराले खाद्यान्न बाँड्यो

२०७३, २३ माघ आईतवार ०२:३५

कृष्ण कँडेल/माघ २३, बागलुङ । सेतिबहरा संरक्षण विकास मञ्च अधिकारीचौर–५ ले गत साउनको बाढि पहिरोबाट घरबार विहिन भएका २७ परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको छ । 

मञ्चले तिहारको अवसरमा खेलेको देउसीभैलो कार्यक्रमबाट संकलित २ लाख २० हजार रकमबाट शनिबार चामल वितरण गरेको अध्यक्ष अमर बुढामगरले जानकारी दिनुभयो । 

अधिकारीचौर–५ छालहाल्नाका घरबार बिहिन भएका २७ परिवारलाई प्रतिपरिवार एक क्विन्टल ४५ किलोका दरले चामल प्रदान गरेको हो । 

गत साउन १० गत आएको बाढिले छालहाल्नामा रहेको २७ घरको एउटा वस्ती पुरै बगाएको थियो । विस्थापितहरु अधिकांश अहिले पनि आफन्तको घरगोठमा आश्रय दिएर बसेका छन भने केहि छालहाल्ना बाहिर रहेका आफ्नै गोठमा बस्दै आएका छन । 

घरबार विहिन भएका परिवारलाई खाद्यान्न सामग्री दिएर उनिहरुको दैनिक जीवनयापन केहि भएपनि सजिलो बनाउने प्रयास गरिएको अध्यक्ष बुढामगरले जानकारी दिनुभयो । 

खाद्यान्न पाएपछि बाढि प्रभावितहरुले राहत महसुस गरेका वडा नागरिक मञ्चका संयोजक निमबहादुर बुढामगरले बताउनुभयो । 

मञ्चले सबै घरपरिवारलाई गरि जम्मा ३९ क्विन्टल १५ केजी चामाल वितरण गरेको मञ्चका सचिव उमेश बुढामगरले जानकारी दिनुभएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह