१८ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

छालहाल्नाका बाढिपिडितलाई सेतिबहराले खाद्यान्न बाँड्यो

२३ माघ २०७३, आईतवार ०२:३५

कृष्ण कँडेल/माघ २३, बागलुङ । सेतिबहरा संरक्षण विकास मञ्च अधिकारीचौर–५ ले गत साउनको बाढि पहिरोबाट घरबार विहिन भएका २७ परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको छ । 

मञ्चले तिहारको अवसरमा खेलेको देउसीभैलो कार्यक्रमबाट संकलित २ लाख २० हजार रकमबाट शनिबार चामल वितरण गरेको अध्यक्ष अमर बुढामगरले जानकारी दिनुभयो । 

अधिकारीचौर–५ छालहाल्नाका घरबार बिहिन भएका २७ परिवारलाई प्रतिपरिवार एक क्विन्टल ४५ किलोका दरले चामल प्रदान गरेको हो । 

गत साउन १० गत आएको बाढिले छालहाल्नामा रहेको २७ घरको एउटा वस्ती पुरै बगाएको थियो । विस्थापितहरु अधिकांश अहिले पनि आफन्तको घरगोठमा आश्रय दिएर बसेका छन भने केहि छालहाल्ना बाहिर रहेका आफ्नै गोठमा बस्दै आएका छन । 

घरबार विहिन भएका परिवारलाई खाद्यान्न सामग्री दिएर उनिहरुको दैनिक जीवनयापन केहि भएपनि सजिलो बनाउने प्रयास गरिएको अध्यक्ष बुढामगरले जानकारी दिनुभयो । 

खाद्यान्न पाएपछि बाढि प्रभावितहरुले राहत महसुस गरेका वडा नागरिक मञ्चका संयोजक निमबहादुर बुढामगरले बताउनुभयो । 

मञ्चले सबै घरपरिवारलाई गरि जम्मा ३९ क्विन्टल १५ केजी चामाल वितरण गरेको मञ्चका सचिव उमेश बुढामगरले जानकारी दिनुभएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छः सञ्चारमन्त्री खरेल डा भुसाल र विष्टको जीवन रक्षा गर्न आग्रह तत्कालीन गृहमन्त्री लेखकको भ्रमण फुकुवा ट्रम्प बिना क्यापिटल दङ्गा सम्भव थिएनः स्मिथ जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार वर्तमान सरकारले निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्नेछः गृहमन्त्री अर्याल क्रान्स मोन्टानामा बार आगलागी, करिब ४० को मृत्यु युक्रेनको खेरसन क्षेत्रमा भएको ड्रोन आक्रमण २४ जनाको मृत्यु, ५० घाइते आयोगद्वारा समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग छलफल अमेरिकाद्वारा भेनेजुएलाको तेल क्षेत्रमा नयाँ प्रतिबन्ध करिब छ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका गोली लागेर एक जनाको मृत्यु भरुवा बन्दुकसहित पाँच जना पक्राउ सुनचाँदीको मूल्य घट्यो नयाँ वर्ष सन् २०२६ सुरु समानुपातिकको बन्दसूचीमाथि पुनरावलोकन हुन्छ : सभापति लामिछाने सरकार सुशासन कायम गर्न र चुनावतर्फउन्मुखः प्रधानमन्त्री कार्की गुणस्तरीय पर्यटन प्रवर्द्धन गर्नुपर्छ : मन्त्री सिन्हा