पर्वत । जिल्लामा छ महिनाको अन्तारालमा  ४ सवारी साधनमा आगजानी भएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । जिल्लामा छ महिनाको अन्तारालमा  ४ सवारी साधनमा आगजानी भएको छ । 
१३ माघ २०८२, सोमबार
पर्बत - PBT

जिल्लाको सुरक्षा निकायलाई चुनौती – छ महिनामै चार सावरीमा आगजानी

२५ माघ २०७३, मंगलवार ०५:४१

पर्वत । जिल्लामा छ महिनाको अन्तारालमा  ४ सवारी साधनमा आगजानी भएको छ । साउन महिनामा तीन सवारी सवारी साधनमाथि आगोलागी भएको घटना सेलाइ नसक्दै जिरो किलोमिटरमा पार्किङ गरीराखिएको बसमा आइतबार राती भएको आगोलागीले जिल्लाको सुरक्षा व्यवस्थापनमाथिनै प्रश्न चिन्ह उठाएको छ । 


रातको ११ बजेको समयमा पार्किङ गरि राखिएको ध १ ख ५१४ नम्बरको बसमा आगो लागेको हो । बागलुङ(कुश्मा अन्तर्गतको रुटमा चल्ने उक्त बसमा आगो लाग्दा गाडिको बडि, सिसा, सिटि, सिलिङ जलेर नस्ट भएका छन ।


गाडीमा आगो लागेपछि स्थानीयको प्रयासमा थप क्षति हुन बाट बस जोगिएको स्थानीय शिव प्रसाद शर्मा रेग्मीले जानकारी दिए ।  उता, स्थानीयबासले भने बस भित्रको वारिङ सट भएर आगो लागेको बताएका छन ।


जिल्ला प्रहरी कार्यालयले बसमा आगोलाागी हुनुको कारणबारे अनुुसन्धान भैराखेको बताएको छ । के कसरी भयो त्यसको अनुसन्धानमा रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।  पछिल्लो समयमा जिल्लाको सदरमुकामका रुपमा रहेको कुश्मा बजार असुरक्षित भएको नागरिकले महसुस गरिरहेका छन् । चौविसै घण्टा सिसि क्योमराको  निगरानी र चोकचोकमा प्रहरी विटबाट सुरक्षा दिइरहेको कुश्मा बजारमा पछिल्लो समय असुरक्षित जस्तै बन्दै गएको छ ।


पाँचौ पर्वत महोत्सवको सुरक्षाका लागि खटिएका प्रहरी जवानबाट भएको बालिकामाथिको अनुचित हर्कतको कुरा सेलाउन नपाउदै जिल्लामा रोकिराखेको बसमाथि आगजानी भएको छ जसले जिल्लाको सुरक्षा क्षेत्रमाथि प्रश्न चिन्ह उठाएको छ ।


सुरक्षाका लागि खटिएको प्रहरी जवान  नागरिकको सुरक्षा दिन खटिएका कि अनुचित हर्कत गर्न भन्ने प्रश्नको उत्तर बाहिर आइनसक्दै जिल्लामा भएको सवारीमाथिको आगजनीले जिल्लाको सुरक्षा व्यवस्था कति चुस्त छ भन्ने प्रस्ट पारेको छ ।


साउन महिनामा  बसपार्कमा पार्किङ गरेर राखिएका तीन सवारी साधनमाथि आगजानी भएको थियो । ग १ ख ,  ध १ ख ५६९ र ना ४ ख ९०३४ गाडीमा क्षती पुगेको थियो ।


उक्त गाडीमा दिउँसै आगजानी भएपछि जिल्लामा  सुरक्षा व्यवस्थामा फितलो नागरिकले गुनासो गर्दै आइरहेका थिए । यसैविच आइतबार मध्यरातमा भएको सवारी साधनमाथिको आगजानीले जिल्लाको सुरक्षा व्यवस्थानलाई थप चुनौति थपेको छ ।


६ महिनाको अन्तरालमा जिल्लामा सवारी साधनमाथि आगोलागी, नगरक्षेत्रभित्रै चोरी, खरेहामा युवाको शब फेला पर्नु, शिवालयचोकमानै लागूऔषध प्रयोगकर्ताविच छुरा हानाहान हुनुले पनि जिल्लाको सुरक्षा व्यवस्थापनमाथि प्रश्न चिन्ह उठाएको छ । 


कुश्मा नगरपालिकाको नगरपरिसरको स्थान्ति सुव्यवस्था र          नरबासीको जनधनको सुरक्षाको लागि पहल गर्नुपर्ने भएता पनि त्यसको लागि नगरपालिकाको कार्यालयले अझै पहल गर्न सकेको छ्र्रैन । नगरपालिका स्थापना भएको बर्षोदिन पुग्दा पनि अझै नगरक्षेत्रको सुरक्षाको लागि नगरपालिका उदासिन रहेको छ । 

नगरबासीको जनधनको सुरक्षाको लागि सुरक्षाका संयन्त्रको विकास गर्न नसकेको कुश्मा नगरपालिका अहिले सम्म जिल्लामा नगर प्रहरी राख्ने सोचमा नरहेको बताएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन