१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा महायज्ञबाट १३ लाख नगदसहित छ लाखको जिन्सी संकलन

२५ माघ २०७३, मंगलवार ०६:४२

माघ २५, नवलपरासी । नवलपरासी, देवचुली–१५ प्रगतिनगरस्थित पशुपति वैदिक आश्रम ट्रस्टबाट सञ्चालित धनधान्याचल महायज्ञमा रु साढे १३ लाख नगद र करिब रु छ लाख बराबरको जिन्सी सङ्कलन भएको छ । 

यही माघ १४ गतेदेखि सुरु भएको महायज्ञ यही माघ २३ गतेसम्म चलेको थियो । सो ट्रस्टले सञ्चालन गरेको पशुपति साङ्गवेद आवासीय संस्कृति माविमा पढ्ने करिब सय वटुकका लागि एक वर्षभरि भोजन भण्डारा चलाउन सो महायज्ञ गरिएको ट्रस्टका उत्तराधिकारी धर्मराज बरालले जानकारी दिनुभयो । त्यहाँ वटुकका लागि आवासको ठूलो समस्या रहेको बताइएको छ । यस क्षेत्रका भक्तजनको पितृउद्धार गर्ने उद्देश्यले सो भण्डारा चलाइने छ । 

महायज्ञकै अवसरमा विश्व हिन्दू महासङ्घ अन्तर्राष्ट्रिय समितिका वरिष्ठ उपाध्यक्ष अर्जुनप्रसाद बाँस्तोला‘संहिताशास्त्री’ले आफ्नो करिब रु आठ लाखको लागतमा सो माविमा संहिताशास्त्री कक्ष निर्माणका लागि शिलान्यास पनि गर्नुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन