माघ २५, पाल्पा । असार साउनको आकासे पानी पुस माघमा पिउँछन् भन्दा अनौठो नमान्नुहोला ! पाल्पा जिल्ला भुवनपोखरी गाविसस्थित रैनादेवी माविमा असार साउनको सङ्कलित आकासे पानी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २५, पाल्पा । असार साउनको आकासे पानी पुस माघमा पिउँछन् भन्दा अनौठो नमान्नुहोला ! पाल्पा जिल्ला भुवनपोखरी गाविसस्थित रैनादेवी माविमा असार साउनको सङ्कलित आकासे पानी"/>
१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

वर्षामा सङ्कलित पानी पिउदैं विद्यार्थी शिक्षक

२५ माघ २०७३, मंगलवार ०६:४९

माघ २५, पाल्पा । असार साउनको आकासे पानी पुस माघमा पिउँछन् भन्दा अनौठो नमान्नुहोला ! पाल्पा जिल्ला भुवनपोखरी गाविसस्थित रैनादेवी माविमा असार साउनको सङ्कलित आकासे पानी अहिले शिक्षक विद्यार्थीले पिउँछन् । 

खानेपानीको चर्को समस्या रहेपछि आकासे पानीमा निर्भर छन्, त्यहाँका शिक्षक र विधार्थी । वर्षाको पानी सकिएपछि चैत वैशाखपछि गाउँ चारेर ल्याएको एक ग्रागो पानी दिनभरी पिएर बस्नुपर्ने बाध्यता उनीहरुको छ । 

वर्षातको थोपा÷थोपा पानी सङ्कलन गर्न पाइने भएपछि यहाँका शिक्षक विद्यार्थी वर्षा हुन थालेपछि खुसी हुन्छन् । खानेपानीको चर्को समस्याका कारण विद्यालयले असार साउनमा वर्षातको पानी सङ्कलन नगरेमा उनीहरु पानी पिउनबाट वञ्चित हुन्छन् । 

विस २०२९ मा स्थापना भएको विद्यालयमा अहिले ४५० जना विद्यार्थी र १५ दरबन्दीका शिक्षक, एक जना बाल शिक्षिका, एक जना लेखापाल र एक जना परिचर लगायतले वर्षातमा सङ्कलन गरिएका पानी पिउँदै आएका छन् । 

कक्षा ८ मा अध्ययनरतले भुवनपोखरी गोखुङ्गाका सुरज नेपालीले विद्यालयमा वर्षातको समयमा सङ्कलित पानी पिउन बाध्य भएको बताउँछन् । पानीको मुहान नजिक नरहेपछि दैनिक पानी बोक्नुपर्ने बाध्यता हटेको छैन, पढाइ भन्दा पिउने पानीको समस्या यहाँ चर्को रहेको उनी बताउँछन् । 

आकासे पानी सङ्कलनका लागि विद्यालयले १५ हजार लिटरको ट्याङ्की राखिएका छन् । असार साउनमा सङ्कलित पानी फागुनमा आएर सकिन्छ । 

खानेपानीको समस्या बढ्दै गएपछि विधालयले अहिले दस हजार लिटरको ‘घैटो’ निर्माण गर्न थालिएको छ । निर्माणाधिन घौंटो प्रयोगमा ल्याउन केहि महिना लाग्ने भएकाले यसपालि फागुनमा विद्यालयमा सङ्कलित पानी सकिनेछ, त्यसपछि पानीको चर्को अभाव हुने विद्यालयका प्राधानाध्यापक ऋषिराम पोखरेलले बताउनुभयो । 

विद्यालय नजिकको क्षेत्रमा खानेपानीको मुहान नहुनु र लिफ्ट मार्फत पानी तान्न नसक्दा विद्यालयमा वर्षाको थोपा थोपा पानी सङ्कलन गरी विद्यार्थीले पिउनुपर्ने अवस्था रहेको विद्यालयका प्राधानाध्यापक पोखरेलले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन