२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

लमजुङमा परिवार नियोजन प्रयोगकर्ता बढे

२०७३, २५ माघ मंगलवार ०९:१३

माघ २५, लमजुङ । लमजुङ जिल्लामा परिवार नियोजन प्रयोगकर्ता बढेको छ । 

गत आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा चालु आर्थिक वर्षको सोहि अवधिमा परिवार नियोजन प्रयोगकर्ता बढेका हुन् । 

गत आर्थिक वर्षमा २३ जनाले मात्र परिवार नियोजन गरेकोमा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा एक सय ११ जनाले परिवार नियोजन गरेको जिल्ला जनस्वास्थ्य कार्यलयका स्वास्थ्य सहायक गौरव ढकालले बताउनुभयो । 

जिल्लाको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा परिवार नियोजन प्रयोग दर २७ प्रतिशत मात्र रहेको थियो । तथ्याङ्कअनुसार अघिल्लो वर्षको तुलनामा गतवर्ष परिवार नियोजन प्रयोगकर्ता अत्याधिक घटेका थिए । अघिल्लो आव ०७१÷७२ मा परिवार नियोजन प्रयोगदर ३८ प्रतिशत रहेको थियो । 

जिल्ला जनस्वास्थ्य प्रमुख दुर्गादत्त चापागाईले भन्नुभयो “सङ्ख्यात्मक रुपमा प्रयोगकर्ता वृद्धि गर्न निकै गारो छ तर ग्रामीण भेगसम्म स्वास्थ्यकर्मीलाई परिचालन गरी परिवार नियोजनको बारेमा सचेतनाका कार्यक्रम गर्नाले यसमा उल्लेख्य प्रगती भएको छ ।” 

पुरुषले भन्दा महिलाले बढी मात्रामा परिवार नियोजनका साधन प्रयोग गरेको पाइएको छ । “पुरुषले प्रयोग गर्ने भन्दा महिलाले प्रयोग गर्ने साधन नै बढी भएकोले प्रयोगकर्ता पनि महिला नै बढी भएका हुन्” चापागाईले भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु