२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा १४ वटा स्वाथ्य चौकीको भवन बन्दै

२०७३, २५ माघ मंगलवार १६:४७

माघ २५, गुल्मी । स्वास्थ्यमन्त्री गगन थापाले अबको पाँच वर्षमा कुनै पनि स्थानमा स्वास्थ्य चौकी र अस्पतालका भवन खोज्दै जानु नपर्ने बताउनुभएको छ । 

भवन निर्माणका लागि राज्यसँग स्रोतको कमी नभए पनि इच्छा शक्ति कमजोर रहेको टिप्पणी गर्नुभयो । मङ्गलबार गुल्मीको हस्तिचौर गाविसस्थित स्वास्थ्यचौकीको भवन आज शिलान्यास गर्दै मन्त्री थापाले उक्त कुरा बताउनुभएको हो । 

“देशभरका स्वास्थ्य चौकी र अस्पतालका भवन बनाउन करिब रु ६० अर्ब लाग्ने रहेछ त्यसको लागि प्रक्रिया सुरु भएकाले अबको पाँच वर्षमा कुनै भवन बन्न बाँकी रहँदैन”–थापाले भन्नुभयो । 

“देशभर बन्नुपर्ने स्वास्थ्य चौकी भवन दुई हजार ५०० छन्, यसवर्ष एक हजार २०० प्रस्ताव भएका थिए, तीमध्ये २७५ यो वर्ष परेका छन्”–उहाँले भन्नुभयो, “२७५ मध्ये गुल्मीमा मात्र १४ वटा भवन परेको छ ।” 

शिलान्यास कार्यक्रममा गाविस सचिव तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर अर्यालले स्वास्थ्य चौकीको लागि एम्बुलेन्स, स्वास्थ्य सामग्री र दरबन्दीअनुसारका कर्मचारीको माग गर्नुभएको थियो । 

अत्यन्तै जीर्ण रहेको हस्तीचौर स्वास्थ चौकीको भवन रु साँढे दुई करोडको लागतमा निर्माण सुरु गरिएको छ । भवन आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह