१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा १४ वटा स्वाथ्य चौकीको भवन बन्दै

२५ माघ २०७३, मंगलवार १६:४७

माघ २५, गुल्मी । स्वास्थ्यमन्त्री गगन थापाले अबको पाँच वर्षमा कुनै पनि स्थानमा स्वास्थ्य चौकी र अस्पतालका भवन खोज्दै जानु नपर्ने बताउनुभएको छ । 

भवन निर्माणका लागि राज्यसँग स्रोतको कमी नभए पनि इच्छा शक्ति कमजोर रहेको टिप्पणी गर्नुभयो । मङ्गलबार गुल्मीको हस्तिचौर गाविसस्थित स्वास्थ्यचौकीको भवन आज शिलान्यास गर्दै मन्त्री थापाले उक्त कुरा बताउनुभएको हो । 

“देशभरका स्वास्थ्य चौकी र अस्पतालका भवन बनाउन करिब रु ६० अर्ब लाग्ने रहेछ त्यसको लागि प्रक्रिया सुरु भएकाले अबको पाँच वर्षमा कुनै भवन बन्न बाँकी रहँदैन”–थापाले भन्नुभयो । 

“देशभर बन्नुपर्ने स्वास्थ्य चौकी भवन दुई हजार ५०० छन्, यसवर्ष एक हजार २०० प्रस्ताव भएका थिए, तीमध्ये २७५ यो वर्ष परेका छन्”–उहाँले भन्नुभयो, “२७५ मध्ये गुल्मीमा मात्र १४ वटा भवन परेको छ ।” 

शिलान्यास कार्यक्रममा गाविस सचिव तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर अर्यालले स्वास्थ्य चौकीको लागि एम्बुलेन्स, स्वास्थ्य सामग्री र दरबन्दीअनुसारका कर्मचारीको माग गर्नुभएको थियो । 

अत्यन्तै जीर्ण रहेको हस्तीचौर स्वास्थ चौकीको भवन रु साँढे दुई करोडको लागतमा निर्माण सुरु गरिएको छ । भवन आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन