१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

ज्येष्ठ नागरिकलाई सम्मानको आवश्यकता

२६ माघ २०७३, बुधबार १४:३९

दिनेश ठकुल्ला/माघ २६, धनगढी । ज्येष्ठ नागरिकलाई सामाजिक र पारिवारिक सम्मानको आवश्यकता रहेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । 

धनगढीमा आज भएको ज्येष्ठ नागरिक संघ कैलालीको चौथो साधारण सभाको उद्घाटनमा बोल्ने वक्ताहरुले ज्येष्ठ नागरिकलाई सम्मान र पारिवारिक स्नेह आवश्यक रहेको बताएका हुन । ज्येष्ठ नागरिकलाई परिवारबाटै हेयको दृष्टिले हेर्ने प्रवृति बढेको भन्दै वक्ताहरुले यस्तो प्रवृति हटाउनु सबैको दायित्व भएको बताएका छन् । 

महिला तथा बालबालिका कार्यालय कैलालीका प्रमुख पूजा काफ्लेले ज्येष्ठ नागरिक राज्यको प्राथमिकतामा पर्नुपर्ने बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकलाई राज्यले दिने सेवा, सुविधामा वृद्धि गर्नुपर्ने बताउनुभयो । 

जेष्ठ नागरिक अनुभवका खानी भएकाले उनीहरुको अनुभवनको फाईदा लिनुपर्ने र राज्यले नै उनीहरुको सेवा सुविधा अभिवृद्धि गर्नुपर्ने जानकी–यज्ञ जेष्ठ नागरिक दिवा सेवा केन्द्रका अध्यक्ष निरन्जन कुमार रिमालले बताउनुभयो । ज्येष्ठ नागरिकले घरबाटै घृणा र तिरस्कार सहनु परेको भन्दै उहाँले यस्ता प्रवृति विरुद्ध ज्येष्ठ नागरिकनै एकजुट हुनुपर्ने धारणा राख्नुभयो । 

सूर्योदय मार्गदर्शन समाज फूलबारीका अध्यक्ष अग्नीप्रसाद तिवारीले वृद्धावस्थामा समय बिताउन र व्यस्त रहन ज्येष्ठ नागरिकलाई सीपमुलक तालिमको आवश्यकता रहेको बताउनुभयो । ज्येष्ठ नागरिकलाई राज्यले निशुल्क औषधी उपचारको व्यवस्था गरे पनि सहज रुपमा पाउन नसकिएको उहाँले उल्लेख गर्नुभयो । 

नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य तथा सुदूपश्चिम संयोजक चक्रबहादुर सिंहले ज्येष्ठ नागरिकले पनि परिवारलाई स्नेह दिन सक्नुपर्ने बताउनुभयो । अधिकाशंमा ज्येष्ठ नागरिक भइसकेपछि हिनताबोधको भावना सिर्जना हुने गरेको भन्दै उहाले व्यस्त रहेर त्यो धारणा हटाउन सकिने उल्लेख गर्नुभयो । 

फाया नेपाल कैलालीका निर्देशक धर्मराज पाठकले ज्येष्ठ नागरिकको सबैले सम्मान गर्नुपर्ने बताउनुभयो । ज्येष्ठ नागरिकले समाज र देशका लागि ठूलो योगदान पु¥याएकाले वृद्धावस्थामा उनीहरुको सम्मान आवश्यक रहेको उहाँको भनाइ थियो । २०६८ जनगणना अनुसार नेपालमा ८ प्रतिशत जनसंख्या अर्थात ६० लाख जेष्ठ नागरिक रहेका छन् । 

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलालीका सभापति उत्तम जोशीले जेष्ठ नागरिकलाई सामाजिक संघसंस्थाहरुको सहयोग आवश्यक रहेको बताउनुभयो । साधारण सभाको उद्घाटन सत्रमा विभिन्न क्षेत्रमा आवद्ध रहेर योगदान पु¥याएवाफत २ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । 

समाजसेवी बद्रीनाथ भण्डारी र देवकीदेवी अवस्थीलाई सम्मान गरिएको हो । कार्यक्रममा संघका सचिव गणेश बहादुर खड्काले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष मान बहादुर बमले आय–व्यय विवरण प्रस्तुत गर्नु भएको थियो । संघका जिल्ला अध्यक्ष दिव्यप्रशाद पन्तको सभापतित्वमा भएको उद्घाटन सत्रमा संघका सदस्य दिर्घराज जोशीले स्वागत र सचिव गणेश खड्काले संचालन गरेका गर्नु भएको थियो । साधारणसभाले संघको जिल्ला अध्यक्षमा दिव्यप्रसाद पन्तलाई पुनः चयन गरेको छ । 

पन्तको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरिएको हो । समितिको उपाध्यक्षमा निरन्जन कुमार रिमाल, सचिवमा पुनः गणेश बहादुर खड्का, कोषाध्यक्षमा पुनः मानबहादुर बम चयन भएका छन् । यस्तै सदस्यहरुमा सुर्यमाया श्रेष्ठ, धनबहादुर चौधरी, कुलबहादुर हमाल, भोजबहादुर जोशी, लिलाधर जोशी र  बाबुराम रिजाल चयन हुनु भएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन