१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङका ७ औषधि पसलमा ताला

२६ माघ २०७३, बुधबार १४:४५

सम्राट सिंह/माघ २६, बझाङ । औषधी व्यवस्था विभागको अनुमति नै नलिइ संचालन गरिएको भन्दै जिल्ला प्रशाशन कार्यालयले बझाङ सदरमुकाम चैनपुरका ७ औषधि पसललमा ताला लगाएको छ । 

औषधि पसलमा अनुगमन गर्दा बर्षौदेखि अनुमती नलिइ संचालन गरेको पाइएकोले ताला लगाइएको अनुगमन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्लले बताए  ।  

यहांका धेरै जसो विरामीहरु स्वास्थ्य संस्थामा नगएर औषधि पसलमा नै चेकजांच गर्न जाने गरेका कारण कतिपय औषधि पसलहरुले श्यैया नै राखेर भर्ना गरेर विरामीको उपचार गर्ने गरेका छन । कुनै कुनै मेडिकलमा ८÷१० वटा सम्म बेड राखेर भर्ना गरी उपचार गर्ने गरेको पाइएको अनुगमनमा संलग्न नागरिक समाजका अगुवा धर्मजंग बहादुर सिंहले बताए । ति सबै मेडिकलहरु अनुमति विनै संचालन गरिएका हुन । 

जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल र प्रहरी सहितको टोलीले अनुगमन गर्दा अनुमती नलिइ संचालन गरिएका सुर्मा देवी फार्मेसी, चैन मेडिकल स्टोर, भगवती हेल्थ क्लिनिक, कालिका मेडिकल, जितेन्द्र मेडिकल लगायतका ७ औषधि पसलमा ताला लगाइएको हो । 

मेडिकल अनुगमनका क्रममा सामान्य विरामीलाई पनि धेरै खालका औसधी एकै पटक दिने गरेको भेटिएको अनुगमन समितिले जनाएको छ ।  औसधी वेचेको विवरण हेर्दा ५०÷६० रुपैयाको औसधीले पुग्ने विरामीलाई दुई हजार देखि सात हजार दुइ सय सम्मको औसधी दिएको भेटिएको छ । 

मेडिकलहरुको लापरबाहीको हद नाध्न थालेकोले आफुहरुले यो कदम  चालेको बताउदै जिल्ला अस्पतालका प्रमुख डाक्टर विण्णु खतिवडाले भने ‘मेडिकलको औसधी खाएर सिकिस्त भएका विरामीहरु अन्तमा जिल्ला अस्पतालमा आउछन ।

जथाभावी औसधी वितरण गरेका कारण मृगौला काम नलाग्ने भएका, रक्तचापलगायतका समस्या भएका विरामीहरु संख्या पनि बढ्न थालेको छ । मेडिकलबालाहरुको मनोमानी छ ’ महिनामा ५/६ जना विरामीहरु मेडिकलको औसधी खाएर सिकिस्त भए पछि जिल्ला अस्पतालमा उपचार गराउन आउने गरेको उनले बताए । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन