राम प्रसाद लामिछाने । माघ २७, बर्दिया ।

जिल्लाको शुक्र माध्यमिक विद्यालयमा  सोमवारको अभिभावक भेलाले विद्यालय व्यवस्थापन समितिको छनोट गरेपछि विद्यालयको लामो समय सम्म अन्यौलमा परेको विद्यालय व्यवस्थापन समितिको छनोट प्रक्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम प्रसाद लामिछाने । माघ २७, बर्दिया ।

जिल्लाको शुक्र माध्यमिक विद्यालयमा  सोमवारको अभिभावक भेलाले विद्यालय व्यवस्थापन समितिको छनोट गरेपछि विद्यालयको लामो समय सम्म अन्यौलमा परेको विद्यालय व्यवस्थापन समितिको छनोट प्रक्र"/>

२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

यसरी हट्यो अन्यौलता

२०७३, २७ माघ बिहीबार ०३:०८

राम प्रसाद लामिछाने । माघ २७, बर्दिया ।

जिल्लाको शुक्र माध्यमिक विद्यालयमा  सोमवारको अभिभावक भेलाले विद्यालय व्यवस्थापन समितिको छनोट गरेपछि विद्यालयको लामो समय सम्म अन्यौलमा परेको विद्यालय व्यवस्थापन समितिको छनोट प्रक्रिया सम्पन्न भएको छ ।


सहमतिको लागि गरिएको अभिभावकहरूको धेरैबेर सम्म बसेको लामो छलफलपछि व्यवस्थापन समितिको सदस्यको लागि दुई जना महिला सदस्य मनु देवी थापा मगर र उमा देवी वि क तथा दुई जना सदस्य पदमा रामबाबु घिमिरे र टीकाराम शर्मालाई  सर्व सहमतिबाट निर्वाचित गरेको थियो ।

नव निर्वाचित समितिले तत्कालै अध्यक्ष पदमा रामबाबु घिमिरेलाई  चयन गरी अन्य दुई जना सदस्य पदमा धन बहादुर खत्री र गुना देवी कुवरलाई मनोनित गरेको हो।

शिक्षा ऐन आठौँ संशोधन २०७३ ले व्यवस्था गरे बमोजिम वि. व्य. स.  को गठन प्रकृयामा अभिभावकहारूबाट दुई जना पुरूष दुई जना महिला छनोट गर्नु व्यवस्था गरेको छ ।

यस अघिको व्यवस्था अनुरूप एसएलसी पास हुनुपर्ने प्रवधान आठौँ संशोधनले हटाइदिएको हुँदा समिति  छनोटमा सहजता थपिदिएको कुरा विशेष अतिथि श्रोतव्यक्ति गोकुल पोख्रेलले बताउनु हुँदै सके सम्म सहमतिमा मिलेर समितिमा उम्मेद्वारी दिनुहुन अभिभावकसंग आग्रह समेत गर्नु भएको थियो । 

व्यवस्थापन समिति छनोट समितिका संयोजक तथा जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक पुण्य प्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा नव निर्वाचित अध्यक्ष तथा सदस्य लगाएत मनोनित सदस्यलाई सपथ गराइएको थियो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला