२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीमा वन कर्मचारीको मिलेमतोमा वन तस्करी

२०७३, २८ माघ शुक्रबार १०:४९

माघ २८, सर्लाही । सर्लाहीमा वन कर्मचारीको मिलेमतोमा वन तस्करी बढेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । सेक्टर वन कार्यालय मूर्तिया अन्तर्गतका वन क्षेत्रमा काठ तस्करी बढेको हो । मूर्तिया सेक्टर वन कार्यालय अन्तर्गत पर्ने मूर्तिया, जानकीनगर, घुर्कौली र ढुंगे्रखोलामा रहेका सामुदायिक वन तथा राष्ट्रिय वनहरुबाट काँचो सालको काठ चोरी हुन थालेको हो । 

सामुदायिक वन र साझेदारी वनको बिषयमा स्थानीय उपभोक्ता र जिल्ला वन कार्यालयको कुरो नमिल्दा वनमा तस्करी बढेको स्थानीय बासिन्दाको भनाइ छ । तस्करले अहिले दैनिकजसो सालका काँचा गोलिया तस्करी गरिरहेको प्रत्यक्षदर्शीले बताएका छन् । खुलेयाम तस्करी भइरहँदासमेत वन कार्यालयले कुनै चासो देखाएका छैनन् । 

काठ तस्करीमा ठूलो गिरोह नै सक्रिय भएपछि नियन्त्रण गर्न नसकिएको स्थानीय बासिन्दाको भनाई छ । केही दिनअघि मात्रै अवैध ढंगले काठ काटेर लाँदै गरेको तीन ट्याक्टर काठ प्रहरीले सर्लाहीको बरहथवाबाट समातेको थियो । काठ तस्कर हुँदै बाहिरिएको भन्दे स्थानीय बासिन्दाले गुनासो गरिरहे पनि सेक्टर वन कार्यालय मूर्तियाका प्रमुख मणिराम पौडेलले भने काठ तस्करी नभएको बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही