सुवास लामिछाने

वैदेशिक रोजगारका लागि युएई पुगेका पर्वतलीको सामाजिक संस्था पर्वत सेवा समाज युएईले यहाँका एक मृगौलापिडितलाई आर्थिक सहयोग गरेको छ । समाजले कुश्मा नगरपालिका १६ पिपलटारीका मृगौलापिड"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सुवास लामिछाने

वैदेशिक रोजगारका लागि युएई पुगेका पर्वतलीको सामाजिक संस्था पर्वत सेवा समाज युएईले यहाँका एक मृगौलापिडितलाई आर्थिक सहयोग गरेको छ । समाजले कुश्मा नगरपालिका १६ पिपलटारीका मृगौलापिड"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मृगौलापिडितलाई सहयोग गर्दैै पर्वत सेवा समाज युएई

२०७३, २८ माघ शुक्रबार ११:३८

विशन क्षेत्री /सुवास लामिछाने

वैदेशिक रोजगारका लागि युएई पुगेका पर्वतलीको सामाजिक संस्था पर्वत सेवा समाज युएईले यहाँका एक मृगौलापिडितलाई आर्थिक सहयोग गरेको छ । समाजले कुश्मा नगरपालिका १६ पिपलटारीका मृगौलापिडित रामभक्त विश्वकर्मालाई ८१ हजार नगद सहयोग गरेको हो । आर्थिक अवस्था अत्यन्तै कमजोर भएका विक गत साल चैत्रदेखि दुवै मृगौला फेल भएर हाल उपचारको क्रममा रहेका छन् । शुक्रबार पिपलटारीको पूर्णेश्वर माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरि विकलाई नगद सहयोग गरिएको हो ।

सहयोग हस्तान्तरण पश्चात समाजका उपाध्यक्ष तथा कार्यक्रमका अध्यक्ष परशुराम पौडेलले आफूहरुले मृगौलापिडितको पिडा सुनेपछि आफ्नो पसिनाको केही अंश जोगाएर रकम संकलन गरेको बताए । त्यस्तै पिडितको लागि आगामी दिनमा पनि समाजमार्फत थप सहयोगका लागि अभियान चलाउने उनले बताए । पर्वतको सामाजिक तथा मानवीय क्षेत्रमा काम गर्नका लागि नै आफूहरुले समाजको स्थापना गरेर व्यक्तिगत रकममार्फत सहयोग गर्दै आईरहेको उनले बताए ।

उहाले थोरै रकम भएपनि संकलन गर्ने युएईका संरक्षक, सल्लाहाकार केन्द्रीय समिति, क्षेत्रिय समिति, राहात कल्याणकारी कोष समिति लगायत रामभक्त बिकलाई सहयोग गर्ने सम्पुर्ण दाजुभाई तथा दिदिबहिनीहरुलाई धन्यबाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै समाजसेबि हरिशर्मा लामिछानेले रोजगारीको शिलशिलामा बाहिर रहेर पनि नेपालमा रहेका दिन दुखि र असहायमा परेकाहरुलाई सहयोग गर्ने  पर्बत सेबा समाज युएईलाई धन्यबाद दिएका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सरोज केसीले पिडित विकको कमजोर आर्थिक अवस्था भएको हुँदा सबैले सहयोग गर्नुपर्ने बताए । पिडित विकको शारिरीक चेकजाँचको लागि काठमाण्डौ जाने खर्च समेत नभएको अवस्थामा विद्यालयले बाटोखर्च दिएर उपचारमा सामान्य सहयोग गरेतापनि त्यो पर्याप्त नभएको हुँदा पर्वत सेवा समाज युएई जस्ता सामाजिक संघसंस्थाहरुले सहयोग गरि मानवीयता प्रकट गर्न उनले आग्रह गरे ।

कार्यक्रममा समाजसेवी गणेश पौडेल, शान्ता पौडेल, शिक्षक समुन्द्र पौडेल लगायतले समाजको सहयोगप्रति आभार व्यक्त गर्दै पिडितलाई केहीमात्रामा भएतापनि राहत मिलेको बताएका थिए । उक्त कार्यक्रमको सञ्चालन सामाजिक अभियन्ता सोम जिसीले गरेका थिए । कार्यक्रममा पर्बत सेबा समाज युएईका सदस्य हरि लामिछाने, हरिबाबु लामिछाने, सुरज केसि र राधिका लामिछाने लगायतको उपस्थिती रहेको थियो ।    

 

पिडित बिकले सहयोग गरेकोमा पर्वत समाज सेवा युएईलाई आभार व्यक्त गर्दै पिडित विकले दुवै मृगौला फेल भएको हुँदा प्रत्यारोपण गरेमा मात्र जीवनरक्षा हुने बताए । आफ्नो जीवनरक्षाका लागि श्रीमतीले मृगौला दिन तयार भएको हुँदा आगामी केही महिनाभित्र मृगौला प्रत्यारोपण हुने बताए । पिडित विकका माता, पिता, श्रीमती र एक छोरा रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो