१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा सेनाको निःशुल्क स्वास्थ्य शिविर

२९ माघ २०७३, शनिबार ०७:००

माघ २९, बैतडी । नेपाली सेनाको बैतडीमा रहेको सत्रुमर्दन गुल्मले जिल्लाको दुर्गम तल्लोस्वराडमा सञ्चालन गरेको एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

तल्लोस्वराडको मेलौलीमा सञ्चालन गरेको शिविरबाट १७४ स्थानीयबासिन्दाले सेवा लिएको सत्रुमर्दन गुल्मका गुल्मपती सेनानी उज्जवल बानियाँले बताए । 

स्वास्थ्य शिविरमा चिकित्सक नवीन अधिकारीले १११ महिला र ६३ पुरुषको स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।

यस्तै जिल्ला स्वास्थ्य कार्यालयले मङ्गबारदेखि कुलाँउ र मेलौलीमा सञ्चालन गरेको महिला बन्ध्याकरण मिनील्याप तथा स्वास्थ्य परीक्षण शिविर पनि शुक्रबारै सम्पन्न भएको छ । उक्त शिविरमा सन्तानको रहर पुगिसकेका कुलाँउका १९ तथा मेलौलीका ११ गरी ३० महिलाले मनिल्याप सेवा लिएका छन् ।

यस्तै कुलाँउमा २० तथा मेलौलीमा ८५ गरी १०५ गर्भवती महिलाले अल्ट्रासाउण्ड सेवा लिएका छन भने शिविरमै चेकजाँचकै क्रममा मेलौलीमा २४ महिलामा पाठेघर खस्ने समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डाक्टर गुणराज अवस्थीले जानकारी दिए । 

यसैबीच जिल्ला प्रशासन कार्यालयले सञ्चालन गरेको घुम्ती शिविरवाट तल्लोस्वराडका २०० बढी स्थानीय बासिन्दाले नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले जानकारी दिए । यही माघ २५ गतेदेखि सुरु भएको घुम्ती शिविर आजसम्म सञ्चालन हुने उनले बताए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन