२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा सेनाको निःशुल्क स्वास्थ्य शिविर

२०७३, २९ माघ शनिबार ०७:००

माघ २९, बैतडी । नेपाली सेनाको बैतडीमा रहेको सत्रुमर्दन गुल्मले जिल्लाको दुर्गम तल्लोस्वराडमा सञ्चालन गरेको एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

तल्लोस्वराडको मेलौलीमा सञ्चालन गरेको शिविरबाट १७४ स्थानीयबासिन्दाले सेवा लिएको सत्रुमर्दन गुल्मका गुल्मपती सेनानी उज्जवल बानियाँले बताए । 

स्वास्थ्य शिविरमा चिकित्सक नवीन अधिकारीले १११ महिला र ६३ पुरुषको स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।

यस्तै जिल्ला स्वास्थ्य कार्यालयले मङ्गबारदेखि कुलाँउ र मेलौलीमा सञ्चालन गरेको महिला बन्ध्याकरण मिनील्याप तथा स्वास्थ्य परीक्षण शिविर पनि शुक्रबारै सम्पन्न भएको छ । उक्त शिविरमा सन्तानको रहर पुगिसकेका कुलाँउका १९ तथा मेलौलीका ११ गरी ३० महिलाले मनिल्याप सेवा लिएका छन् ।

यस्तै कुलाँउमा २० तथा मेलौलीमा ८५ गरी १०५ गर्भवती महिलाले अल्ट्रासाउण्ड सेवा लिएका छन भने शिविरमै चेकजाँचकै क्रममा मेलौलीमा २४ महिलामा पाठेघर खस्ने समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डाक्टर गुणराज अवस्थीले जानकारी दिए । 

यसैबीच जिल्ला प्रशासन कार्यालयले सञ्चालन गरेको घुम्ती शिविरवाट तल्लोस्वराडका २०० बढी स्थानीय बासिन्दाले नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले जानकारी दिए । यही माघ २५ गतेदेखि सुरु भएको घुम्ती शिविर आजसम्म सञ्चालन हुने उनले बताए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो