१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

निकुन्ज संरक्षण अधिकृतको क्वाटरमा आगलागी

२९ माघ २०७३, शनिबार १३:०६

दान बहादुर बुढा/माघ २९, मुगु । गयराति रारा राष्टिय निकुन्जको अधिकृत क्वाटरमा शनिबार विहान ४ बजे आगलागी हुँदा लाखौको क्षती भएको छ ।

४ कोठे उक्त भवनमा विहानै आगलागी भएपछि निकुन्ज सुरक्र्षात बसेको दुर्गा भन्जन गुल्मका पहरेदार नेपाली सेनाका जवानहरुले आपतकालिन संकेत गरेपछि निदा्रमा रहेका गुल्मका अन्य जवानहरु जागेका थिए । लगतै आगलागी भैरहेको ५ मिनेट दुरीमा रहेको क्वाटरमा उनीहरु पुगेका थिए । 

लामो समयको प्रयास पछि आगो नियन्त्रणमा आएपनि भवन पुर्ण रुपमा ध्वस्त भएको निकुन्ज कार्यालयका खरिदार मन बहादुर थापाले जानकारी गराए । निकुन्ज कार्यालयको आधा भन्दा बढी काम अधिकृत ज्यू कै क्वाटरमा हुन्थ्यो, कर्मचारीका व्यक्तिगत फाईल,महत्वपुर्ण कागजात तथा विधुतिय उपहरणहरु ल्यावटप, प्यास मेसिन, फोटोकपी मेसिन, पिन्टर ,डेस्टप कम्पूटर सबै उक्त भवन मै थिए सबै जलेर खरानी भए । खरिदार थापाले बताए ।

संरक्षण अधिकृत जिल्लामा नभएकाले उक्त क्वाटरमा रेन्जर लक्ष्मी धिताल सुतेका थिए । राती अकस्मात आगलागी भयो । नेपाली सेनाले हल्ला गरेपछि आफु व्युझिदा आगो दन्किदै थियो । झयाल फोर बाहिर निस्किए । रेन्जर धितालले भने ।

जिल्ला सदरमुकाम बाट घटना स्थलमा पुग्न ३ घण्टा लाग्ने भएपछि विहानै रारा विमान स्थल सुरक्षर्थ खटिएको नेपाल प्रहरी मुचुल्का उठाउन घटना स्थलमा पुगेको थियो । प्रहरीका अनुसार भवन सहित ५३ लाख भन्दा बढीको आगलागीबाट क्षती भएको छ ।

घना जंगलको छेउमै रहेको भवनमा आगलागी भएपनि नेपाली सेनाले समय मै नियन्त्रणमा लिदा वनमा आगो सल्किन पाएन यदी वन मै आगोले टिपेको भए पुरै निकुन्जको वन सखाप हुन्थ्यो । खरिदार थापाले भने ।

एका विहानै भवनमा कसरी आगलागी भयो त्यो अनुसन्धान मै रहेको प्रहरीले बताएको छ भने एक बर्ष यता निकुन्जले वन संरक्षणमा कडाई गरेको र केहि व्यक्तिहरुलाई कानुनी कठगरामा समेत पुराएकाले कार्यालयमा रहेका महत्वपुर्ण कागजात ध्वस्त गर्न पनि कसैले आगो लगाएको हो भन्नने आशंका गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन