फागुन २, रोल्पा । चालु आवमा रोल्पा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा गर्भपतन गराउने ४१ महिलामध्ये १८ जना २० वर्षमुनिका छन् । 

सरकारले गत मङ्सिरदेखि "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २, रोल्पा । चालु आवमा रोल्पा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा गर्भपतन गराउने ४१ महिलामध्ये १८ जना २० वर्षमुनिका छन् । 

सरकारले गत मङ्सिरदेखि "/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा गर्भपतन गर्ने किशोरीको सङ्ख्या यसरी बढ्यो

२ फाल्गुन २०७३, सोमबार ०७:०८

फागुन २, रोल्पा । चालु आवमा रोल्पा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा गर्भपतन गराउने ४१ महिलामध्ये १८ जना २० वर्षमुनिका छन् । 

सरकारले गत मङ्सिरदेखि निःशुल्क रुपमा गर्भपतन सेवा सुरु गरेसँगै यो सेवा लिने महिलाको सङ्ख्या वृद्धि भएको जिल्ला जनस्वास्थ्य कार्यालय रोल्पाका पब्लिक हेल्थ नर्स आशा थापाले जानकारी दिनुभयो । 

असुरक्षित र अनपेक्षित गर्भ भएका महिलालाई यो सेवा फलदायी देखिए पनि किशोरीले समेत यो सेवा लिँदा सामाजिक विकृति फैलने हो कि भन्ने डर रहेको थापाले बताउनुभयो । विद्यालय अध्ययन गर्ने उमेरका १८ जना किशोरीले यो सेवा लिएको अभिलेखमा देखिन्छ थापाले भन्नुभयो । 

किशोरीले नै गर्भपतन गराउँदा सामाजिक विकृति बढ्न सक्ने किशोरी शिक्षा सहजकर्ता तीर्था आचार्य बताउनुहुन्छ । किशोरी शिक्षाले उनीहरुलाई धेरै सचेत बनाएको भए पनि जिल्लाभर यो कार्यक्रम नभएका कारण सीमित ठाउँमा मात्र यसको प्रभाव देखिएको छ । 

जिल्लाका विभिन्न आठ गाविसमा किशोरी शिक्षा सञ्चालन भएको तथा ती गाविसमा बाल विवाहको दर समेत घट्दै गएको महिला तथा बालबालिका अधिकृत लोकेन्द्रा आचार्यले जानकारी दिनुभयो । ५६ प्रतिशत रहेको बाल विवाहदर अहिले ४५ प्रतिशतमा झरेको छ आचार्यले भन्नुभयो । 

चेतनाको अभावका कारण सानैमा विवाह गर्ने तथा गर्भपतन गराउने देखिएको हुँदा जिल्लाभर यसको रोकथामका लागि अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता छ । 

जिल्लाको सुलिचौर, होलेरी प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालबाट निःशुल्क गर्भपतन सेवा सञ्चालन हुँदै आएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले बताएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन