२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

पूर्व मन्त्रीद्वारा सुलिचौरमा १५ लाख बराबरको जग्गा दान

२०७३, २ फाल्गुन सोमबार ११:१४

फागुन २, रोल्पा । पूर्व मन्त्री बालाराम घर्तीमगरले नेपाल रेडक्रस सोसाइटी उपशाखा सुलिचौर, रोल्पालाई १५ लाख बराबरको जग्गा दान गर्नुभएको छ । 

मिझिङ–७ सुलिचौर रोल्पास्थित बसपार्कमा रहेको कित्ता नं ५५० को ६० वर्गमिटर जग्गा निःशुल्क प्रदान गरेको उपशाखा सुलिचौरका सभापति गञ्जबहादुर क्षेत्रीले जानकारी दिनुभयो । 

उहाँका अनुसार हाल नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाद्वारा सञ्चालित सामुदायिक स्वास्थ्य कार्यक्रम खानेपानी सरसफाइ तथा स्वच्छता योजनाअन्तर्गत छ कोठे आधुनिक अपाङ्गमैत्री शौचालय निर्माण गरिनेछ । पछि माथिल्लो तला निर्माण गरी उपशाखा कार्यालय स्थापना गरिने छ । 

पूर्व मन्त्री घर्तीमगरले सधैँ सेवा भावले कटिबद्ध रहने र पीडितको उद्धारमा खटिरहने रेडक्रसप्रेमीका लागि आफूले जग्गा दान गर्न पाउँदा खुसी अनुभव गरेको प्रतिक्रिया दिनुभएको छ । 

पूर्व मन्त्री घर्तीले यसअघि सुलिचौर रोल्पामा शव गृह निर्माणका लागि खोला किनारमा एउटा घडेरी र इलाका प्रहरी कार्यालय, सुलिचौरमा रोल्पा एउटा घडेरी गरी दुईवटा घडेरी दान गरिसक्नुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा