पर्वत । आगामी फागुन ३ गते हुने नेपाल पत्रकार महासंघको अधिवेशन नजिकिसँगै पत्रकारहरुको कुश्मा बजारमा चहलपहल शुरु भएको छ । यतिबेला पत्रकारहरु औपचारीक कार्यक्रमनै छोडेर चुनावी मैदानमा होमिन थालेका छन् । चुनावको माहोल शुरु भएसँगै सहम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । आगामी फागुन ३ गते हुने नेपाल पत्रकार महासंघको अधिवेशन नजिकिसँगै पत्रकारहरुको कुश्मा बजारमा चहलपहल शुरु भएको छ । यतिबेला पत्रकारहरु औपचारीक कार्यक्रमनै छोडेर चुनावी मैदानमा होमिन थालेका छन् । चुनावको माहोल शुरु भएसँगै सहम"/>
१३ माघ २०८२, सोमबार
पर्बत - PBT

मोर्चा फुट्यो– एक युनियतिर अर्को चौतारीतिर

२ फाल्गुन २०७३, सोमबार १२:३९

पर्वत । आगामी फागुन ३ गते हुने नेपाल पत्रकार महासंघको अधिवेशन नजिकिसँगै पत्रकारहरुको कुश्मा बजारमा चहलपहल शुरु भएको छ । यतिबेला पत्रकारहरु औपचारीक कार्यक्रमनै छोडेर चुनावी मैदानमा होमिन थालेका छन् । चुनावको माहोल शुरु भएसँगै सहमतिमा जाने निर्णय गरेका चार पत्रकार संठनहरु दुइ कित्तामा विभाजन भएका छन् ।

चुनावको समय नजिकै सँगै मोर्चा विभाजनको संघारमा पुगेको छ तर पनि अझै सहमतिमा जोड दिने बताइएको छ । प्रेस सेन्टर नेपाल, क्रान्तिकारी पत्रकार महासंघले प्रेस युनियनको समर्थनमा  जुटेका छन् भने क्रान्तिकारी पत्रकार संगठन र प्रेस सोसाइटी प्रेस चौतारीको समर्थनमा जुटेको बुझिएको छ । 

सोमबार प्रेस युनियन, प्रेस सेन्टर र क्रान्तिकारी पत्रकार महासंघले संयुक्त विज्ञप्ती निकाल्दै सहमतिको लागि आह्वान समेत गरेको छ । चुनावी मैदानमा उत्रिए पनि आफूहरुले छविलाल तिवारीलाई मतदान गर्ने समेत विज्ञप्तीमार्फत जनाएको छ । 

युनियनका छविलाल तिवारी, सेन्टरका प्रनिश गिरी र क्रान्तिकारी पत्रकार महासंघका  गोपाल जिसीको संयुक्त हस्ताक्षरित विज्ञप्तीमा सहमति खोज्ने र सहमति नभए चुनावी मैदानमा उत्रिदा तिवारीलाई मतदान गर्ने निर्णय गरेको हो । 


मोर्चाबाट फुटेको प्रेस सोसाइटी र क्रान्तिकारी संगठनले चौतारीलाई समर्थन गर्ने बुझिएता पनि उनीहरुले औपचारिक धाराणा भने अझै बाहिर आउन सकेको छैन । प्रेस चौतारीले सन्तोष थापालाई अध्यक्षको उम्मेदवार बनाउने औपचारिक घोषणा भने गरी सकेको छ । 

मोर्चा फुटेको औपचारिकता रुपमा पुष्टि नभएता पनि दुइ् कित्तामा भने विभाजन भएका छन् ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन