लिमिठाना १ की कुश्मा कुमारी (नाम परिर्वतन) बैविवाहिक जिवनमा बाँधिन् । १५ बर्षिया कुश्मा कुमारीको गुल्मी खर्ककोट ४ का २२ बर्षिया युवकसँग विवाह भयो । छिमेकीले ललाई फकाई गुल्मीमा विवाह भएको न त उनकी आमालाई थाहा थियो न त कुनै सहमतिनै । जब छोरीले आमालाई फोन गरी आफ्नो विवा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... लिमिठाना १ की कुश्मा कुमारी (नाम परिर्वतन) बैविवाहिक जिवनमा बाँधिन् । १५ बर्षिया कुश्मा कुमारीको गुल्मी खर्ककोट ४ का २२ बर्षिया युवकसँग विवाह भयो । छिमेकीले ललाई फकाई गुल्मीमा विवाह भएको न त उनकी आमालाई थाहा थियो न त कुनै सहमतिनै । जब छोरीले आमालाई फोन गरी आफ्नो विवा"/>
१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

रोकिएन बालविवाह–लिमिठानाकी कुश्मा कुमारी १५ बर्षमै लगनगाँठोमा

२ फाल्गुन २०७३, सोमबार १४:०३

लिमिठाना १ की कुश्मा कुमारी (नाम परिर्वतन) बैविवाहिक जिवनमा बाँधिन् । १५ बर्षिया कुश्मा कुमारीको गुल्मी खर्ककोट ४ का २२ बर्षिया युवकसँग विवाह भयो । छिमेकीले ललाई फकाई गुल्मीमा विवाह भएको न त उनकी आमालाई थाहा थियो न त कुनै सहमतिनै । जब छोरीले आमालाई फोन गरी आफ्नो विवाह भएको कुरा बताएपछि आमा कलिली छोरीको विवाह भएपछि न्यायको माग गर्दै सदरमुकाम आएकी छिन् ।

पीडित बालिकाकी आमाले न्यायको लागि भन्दै महिला तथा बालबालिका कार्यालय र जिल्ला प्रहरी कार्यालयमा छोरीको न्यायको लागि निवेदन दिएको बुझिएको छ ।

बालिकाको एक हप्ता अगाडि विवाह भएको भनि बालिकाकी आमाले महिला तथा बालबालिका कार्यालयमा निवेदन दिएको महिला तथा बालबालिका कार्यालयले बताएको छ । बालविवाह सम्बन्धी उजुरी अर्थात निवेदन परेपछि महिला तथा बालबालिका कार्यालयले कानूनी साहयताका लागि जिल्ला प्रहरी कार्यालयमा पठाएको जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय पर्वतले उक्त घटनाबारे जिल्ला प्रहरी कार्यालयमा निवेदन परेको र त्यसको बारेमा अनुसन्धान भैराखेको जनाएको छ । प्रहरीले पीडित पक्ष सम्पर्कमा आएकोले केटा पक्षलाई पनि सक्पर्कमा ल्याउनको लागि पहल भैराखेको र बालविवाह पुष्टि भए बालविवाह सम्बन्धी मुद्धा गुल्मीमै दर्ता हुने जनाएको छ । दुवै पक्षसँग समन्वय गरी बालविवाह हो वा हैन भन्ने बारेमा अनुसन्दान भैराखेको जनाइएको छ । 

यो भन्दा अगाडि महिला हिंसा विरुद्धका अभियान चलाएता पनि र महिला मानवअधिकारबादी संघसंस्थाहरु गठन भएता पनि देखाउने खसी र खाने फर्सी शरह देखिएकोे छ ।  घरशान्ति नै विश्व शान्तिको आधार दिगो विकासका लागि लैगिक हिंसारहित समाज भन्ने मुल नाराका साथ अन्तराष्ट्रिय महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको बेलामा  पाखापानीकी एक बालिकाको बालविवाहको घटना सर्वाजनिक भएको थियो । तीन महिना अगाडि घटेको घटना सेलाउन नपाउँदै यो घटना घटेको छ । जसले जिल्लामा रहेका मानवअधिकारबादी संघसंस्था र महिला तथा बालबालिकाबादी के गरिरहेका छन् भन्ने बारेमा प्रश्न चिन्ह उठेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन