फागुन ३, भक्तपुर । सामुहिक रुपमा विद्युत् चोरी गरेर ७३ घरमा खानेपानी वितरण गर्दै आएका गिरोहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

नेपाल विद्युत् प्राध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ३, भक्तपुर । सामुहिक रुपमा विद्युत् चोरी गरेर ७३ घरमा खानेपानी वितरण गर्दै आएका गिरोहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

नेपाल विद्युत् प्राध"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा बिधुत चोरी गरेर ७३ घरमा खानेपानी वितरण गर्दै आएको सामुहिक गिरोह पक्राउ

३ फाल्गुन २०७३, मंगलवार ०२:३४

फागुन ३, भक्तपुर । सामुहिक रुपमा विद्युत् चोरी गरेर ७३ घरमा खानेपानी वितरण गर्दै आएका गिरोहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

नेपाल विद्युत् प्राधिकरण भक्तपुर वितरण शाखाले तीन दिनको प्रयासपछि सूर्यविनायक नगरपालिका–६ गणेश मन्दिर जाने बाटोमा ज्योति एकेडेमी नजिकैको टोलबासीले विद्युत् चोरी भइरहेको सूचना दिएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । 

प्रहरीको सहयोगमा विद्युत् प्राधिकरणका कर्मचारीले विद्युत् चोरी भएको स्थानबाट चोरीमा प्रयोग भएको पानी तान्ने मोटर, तार र अन्य सामग्री नियन्त्रण लिने क्रममा अवरोध गरेपछि महानगरीय प्रहरी वृत्त जगातेको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा कान्छा तमखु, लक्ष्मीप्रसाद प्रजापति, रत्नकाजी मानन्धर रहेका छन् । तकोपली खानेपानी उपभोक्ता समितिका अन्य पदाधिकारी फरार छन् । 

खानेपानी उपभोक्ता समिति गठन गरेर प्रति घरधुरी रु दुई हजार ५०० प्रतिमहिना शुल्क लिएर पानी वितरण गर्दै आएको उक्त उपभोक्ता समूहले १४ वटा पोलबाट ५०० मिटर पर तार लगेर विद्युत् चोरी गरेको पाइएको प्रहरीले जानकारी दिएको छ । 

विद्युत् प्राधिकरण भक्तपुर वितरण शाखाका प्रमुख विक्रम अमात्यले हुक हालेर १४ वटा पोल पार गर्दै जमिन मुनीको पानी चोरीको विद्युत्बाट तानेर वितरण गर्दै आएको तीन दिनको अनुगमनबाट खुलेको बताउनुभयो । अमात्यले भन्नुभयो, “खानेपानी उपभोक्ता समिति नै गठन गरेर लामो समयदेखि मिटर जडान नगरी विद्युत् चोरी गरेर जमिन मुनीको पानी दोहन गर्दै पानी वितरण गरेको पायौँ, चोरीमा प्रयोग भएका सामाग्री नियन्त्रण लिन खोज्दा अवरोध गर्न आएपछि पक्राउ गरिएको हो ।” 

प्राधिकरणले समितिलाई क्षतिपूर्ती र जरिवाना गरी रु दुई लाख ५२ हजार १०० निर्धारण गरिएको बताउँदै उहाँले रकम भुक्तानी गरेपछि पक्राउ परेकालाई छाडिने पनि बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन