१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका युवाले वैदेशिक रोजगारीको कमाइ सामाजिक कार्यमा लगाए

३ फाल्गुन २०७३, मंगलवार ०६:४४

फागुन ३, बैतडी । वैदेशिक रोजगारीको सिलसिलामा भारतमा काम गर्दै आएका स्थानीय श्रीकोटका युवाले सामाजिक कार्यमा आफ्नो श्रम खर्चेका छन् । 

श्ररोजगारबाट केही दिनका लागि घर फर्केका युवाले रु ६० हजार खर्चेर भिटाकेदार जाने बाटो (सिडी) निर्माण गरेका हुन् । 

केदारनाथ मन्दिरका धामी प्रेम सिंह धामी, भूमिराज मन्दिरका धामी नारायणसिंह विष्ट, गोरिल देवताका पुजारी राधे नाथ, ज्येष्ठ नागरिक शेरसिंह विष्ट र पुजारी डम्बरदत्त जोशीले संयुक्त रुपमा सो बाटो उद्घाटन गरेका थिए । 

विगत पाँच वर्षदेखि रोजगारीका लागि भारतमा रहेका १२ जना युवाले विजयसिंह विष्टको अध्यक्षतामा युवा रिसोर्स सोसाइटी गठन गरी मासिक रु ३२० का दरले पैसा जम्मा गर्दै आएको सोसाइटीका सचिव गणेशसिंह विष्टले जानकारी दिनुभयो । 

सोसाइटीका संयोजक हरिस विष्टले विदेशमा बसेर पनि आफ्नो गाउँका लागि केही गर्न सकिन्छ भनेर युवामा सकारात्मक सोचको विकास गर्नका लागि सामाजिक कार्य गरिएको बताउनुभयो । 

सन् २०११ को नोभेम्वरमा गठित सो सोसाइटीले हालसम्म करिब रु चार लाखसम्म जम्मा गरिसकेको र थप सामाजिक कार्य गर्ने योजना रहेको जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन