१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा ग्याङ फाईटमा सामेल एक दर्जन युवा प्रहरी फन्दामा (नामावालीसहित)

४ फाल्गुन २०७३, बुधबार ०५:३३

फागुन ४, दाङ । ग्याङ फाईटमा समलाग्न भएको अभियोगमा तुलसीपुर ११ अश्वाराबाट मंगलवार राति १० बजेतिर एक दर्जन युवा प्रहरी फन्दामा परेका छन् ।

स्थानीय नविन भण्डारीको घरमा बैबाहिक समारोहका अवसरमा नाँच चलिरहेको समयमा अश्वारा निवासी २१ बर्षीय लक्ष्मी भण्डारीको समुहले सोही ठाँउ निवासी १८ बर्षीय शरद न्यौपाने लगायतका युवाहरुलाई कुटपिट गरेको अभियोगमा सात जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

झडपमा ३ जना घाइते भएका छन् भने एक जनालाई गम्भीर चोट लागेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ  न्यौपानेको खुट्टामा गहिरो चोट लागेकाले उनलाई बाँकेको कोहलपुर लैजाने तयारि भएको छ भने अन्य दुईजना सामान्य घाइते भएकाले राप्ती अञ्चल अस्पतालमा प्राथमिकउपचार पछि घर फर्किसकेका छन् ।  

घाईते न्यौपाने र टीकाराम केसीको बीचमा विवाद हुँदा उत्पन्न विवादले उग्र रुप लिएपछि दुई समुहका बीचमा कुटाकुट भएको प्रहरीले बताएको छ । न्यौपाने लगायतका युवाहरुलाई कुटेको अभियोगमा तुलसीपुर ११ निवासी २१ बर्षीय लक्ष्मी भण्डारी, १८ बर्षीय लक्ष्मण भण्डारी, १९ बर्षीय रामेश्वर वली, १७ वर्ष भन्दा कम उमेर समुहका मोहन वली, केशव भण्डारी, राजु परियार, सुवास वली, विवेक वली, टिकाराम केसी, तुलसीपुर ८ निवासी घनश्याम खड्का, पुरन्धारा २ निवासी २० बर्षीय हमित शाह, सोही ठाँउका १९ बर्षीय प्रेम शेर्पा लगायतलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव