१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा विद्यालय जान दैनिक चारघन्टा हिँड्नुपर्ने बाध्यता

४ फाल्गुन २०७३, बुधबार ०५:५७

फागुन ४, बैतडी । जिल्लाको मध्य क्षेत्रमा रहेको श्रीकोट गाविसका विद्यार्थी दैनिक ४ घन्टा हिँडेर पढ्नका लागि विद्यालय जान बाध्य भएका छन् । 

श्रीकोट गाविसकै दुर्गम वडा भनेर चिनिने ९ नम्बर वडाका विद्यार्थी दैनिक ४ घन्टा हिँडेर पढ्न बाध्य भएका हुन् । वडा नं ९ मा कक्षा ५ सम्मको मात्र विद्यालय रहेकाले कक्षा ६ देखि पढ्नलाई वडा नं ४ मा रहेको सनातन धर्म मावि खोचलेक जाने गर्दछन् । 

बिहान ८ बजे विद्यालय आउनुपर्छ, बेलुका ६ बजे मात्र घर पुगिन्छ, कक्षा ८ मा अध्ययनरत छात्र रमेश गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, “दैनिक ४ घन्टा हिँड्नुपर्ने बाध्यता छ ।” 

शिक्षकले दिएको गृहकार्य पनि ४ घन्टा हिँड्नुपर्दा गर्न सकिँदैन, कक्षा ७ का छात्र रोशन गिरीले भन्नुभयो, “उज्यालो हँुदा विद्यालयको तयारी गर्नुपर्छ, अँध्यारो हँुदा घर पुगिन्छ ।” विद्यालय पढ्नकै लागि भनेर यसरी दैनिक ४ घन्टा हिँड्न बाध्य भएको कक्षा १० की छात्रा सुन्नरी गिरीले बताउनुभयो । “सधैँ ढिलो गरी विद्यालय पुगिन्छ”, उहाँले भन्नुभयो, “शिक्षकले सधँै कक्षाकोठामा पढाउन सुरु गरिसकेपछि पुग्छौँ, हाम्रो यो बाध्यतालाई कसैले बुझ्दैन ।” 

टाढाको बाटो हिँडेर आउँदा मानसिक तथा शारीरिक थकानका कारणले श्रीकोट वडा नं ९ का विद्यार्थीको पढाइप्रति रुचि घट्दै जाने शिक्षक रमेश नाथले जानकारी दिनुभयो । कक्षाकोठामा पनि ढिलै पुग्ने गरेको उहाँले बताउनुभयो । गृहकार्यसमेत खासै गरेको देखिँदैन । विद्यार्थी सधँै थाकेर आउने गरेको र कहिलेकाहीँ त कक्षाकोठामै सुत्ने गरेको उहाँको भनाइ छ । 

आफ्नै वडामा माविसम्मको विद्यालय भएको भए यस्तो बाध्यता हट्ने स्थानीय अभिभावक हेमराज गिरीकोे भनाइ छ । “यसरी दैनिक ४ घन्टा हिँडेर विद्यालय जानुपर्ने हुँदा राम्रोसँग पढ्न पाउँदैनन्”, उहाँले भन्नुभयो, “विद्यालयमा पढेको कुरा घर जाँदा थाकेर बिर्सिहाल्छन् ।” बाटोको समस्या तथा स्थानीय बगडीगाड खोलामा पुल नहुँदा विद्यार्थीलाई झनै समस्या हुने गरेको उहाँले बताउनुभयो । 

बर्सादको समयमा स्थानीय बगडीगाड खोलाका कारण विद्यालय पढ्न नसक्ने श्रीकोट–९ का विद्यार्थीको बाध्यता रहको छ । बगडीगाड खोलामा पानीको सतह बढेर खोला तर्न नसकेर बर्सादको समयमा पढाइ प्रभावित हुने गरेको छ । खोचलेकमा रहेको सनातन मावि एक मात्र श्रीकोट गाविसको कक्षा १२ सम्म पढाइ हुने विद्यालय हो । गाविसबाट पाउने सेवासुविधाबाट समेत वडा नं ९ का स्थानीय बासिन्दा पनि बन्चित हुने यस्तै बाध्यता रहेको छ । सडक सञ्जालसमेत नजोडिएकाले खाद्यान्नका लागिसमेत दैनिक ४ घन्टा हिँडेर लैजानुपर्ने बाध्यता रहेको छ । 

गाउँ परिषद्बाट छुट्याउने योजनामा समेत सौतेनी व्यवहार गर्ने गरेको ९ नंका स्थानीय बासिन्दाको आरोप रहेको छ । स्थानीय राजनितिक दलले आफ्नो वडाका योजना मात्र परिषद्मा पारित गर्ने गरेका छन् । 

वडा मञ्चबाट आएका योजनालाई समेत काटेर राजनीतिक दलले आफ्ना वडामा हाल्ने गरेको समेत स्थानीयवासीको आरोप रहेको छ । ९ नं वडालाई सधैँ श्रीकोट गाविसले सौतेनी व्यवहार गर्ने गरेको बताइएको छ । कक्षा १२ सम्म पढाइ हुने उक्त विद्यालयमा श्रीकोटका साथै देउलेक, कटौजपानी, न्वाली, हटैराज, सित्तड, श्रीकेदारलगायत गाविसका विद्यार्थी अध्ययनरत रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन