२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लाको पर्यटन विकासका लागि पत्रकारसँग छलफल

५ फाल्गुन २०७३, बिहीबार ०६:१३

नन्दराम जैशी/फागुन ५, जुम्ला । जिल्लाको पर्यटन क्षेत्रको विकासका लागि गर्नुपर्ने कार्यका बिषयमा आज जुम्लामा छलफल गरीएको छ । 

कर्णाली क्षेत्र पर्यटन प्रर्बद्धन विकास समिति जुम्लाको आयोजनामा आज जुम्लाका क्रियाशिल पत्रकारहरुसँग जिल्लाको पर्यटन क्षेत्रको विकासका लागि गर्नुपर्ने कार्यका बिषयमा छलफल गरीएको हो ।

छलफलका क्रममा जुम्लाका क्रियाशिल पत्रकारहरुले जिल्लाको पर्यटन क्षेत्रको विकास गर्न बिनियोजित बजेटको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा सुझाब दिएका छन् ।

जुम्लाका संभावित पर्यटन क्षेत्र निर्धारण गरी पर्यटन विकासका लागि आवाश्यक बजेट बिनियोजित गर्दै प्रतिफल प्राप्त हुने गरी कार्यक्रम संचालन हुनुपर्ने पत्रकारहरुको भनाइ छ । साथै जुम्लामा रहेका इतिहाँसिक, धार्मिक तथा बातावरणीय पर्यटन क्षेत्रको संरक्षण तथा प्रर्वद्धनमा जोड दिदै त्यसको विकासका लागि सबैले हातेमालो गर्नुपर्ने पत्रकारहरुले बताएका छन् । 

आर्थिक रुपमा पर्यटन ब्यवसायलाइ अंगाल्न सके जुम्लामा पर्यटनको प्रचुर संभावना रहेको भन्दै पर्यटन विकाससका लागि जुम्लामा प्रभावकारी काम नभएको छलफलमा सहभागि पत्रकारहरुले बताएका हुन् ।

प्रचार प्रसारको कमि र संरक्षण प्रर्वद्धनका कारण ओझेलमा परेका जुम्लाका डिगिदह लगाएतका तालहरु, धार्मिक स्थल र हिमाल तथा जिल्लाको मनोरम दृष्य अवलोकन गर्न सकिने चिमरा जस्ता पर्यटकिय स्थलहरुमा आवाश्यक पुर्वाधार निर्माणमा जोड दिइ जुम्लामा पर्यटन भित्राउनसके जिल्लाकै आर्थिक समृद्धीमा टेवा पुग्ने रेडियो कर्णालीका स्टेशन म्यानेजर गोर्ख बहादुर थापाले बताउनुभयो ।

कर्णाली क्षेत्र पर्यटन प्रर्बद्धन विकास समिति जुम्लाका कार्यकारी निर्देशक लक्ष्मी प्रसाद उपाध्यायले समितिले जुम्लामा उदाहरणिय काम गर्न नसकेको स्वीकार्दै पर्यटन क्षेत्रको विकासका लागि आगामि बर्षदेखि नँया रणनितिका साथ कार्यक्रम संचालन गरीने बताउनुभयो । 

कर्णाली क्षेत्र पर्यटन प्रर्बद्धन विकास समिति जुम्लाको स्थापनादेखि हालसम्म झण्डै २० करोड बढि रकमको कार्यक्रम संचालन भएको जानकारी दिदै उपलब्धीमुलक कार्य नहुनुमा सबैको कमजोरि रहेको उहाको भनाइ छ ।

आगामि बर्षका लागि समितिले १ लाख रकमदेखि ५ लाख रकमसम्मका ७० बढि योजनाहरु झण्डै ९ करोड रकमका कार्यक्रम कर्णालीमा संचालन गरीने बताउदै पत्रकारहरुका सल्लाह सुझाबका आधारमा अघि बढ्ने कार्यकारी निर्देशक उपाध्यायले प्रतिबद्धता ब्यक्त गर्नुभयो ।   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य