१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

टुवाखोला-पञ्चमीबजार सडक सञ्चालनमा

५ फाल्गुन २०७३, बिहीबार ०६:३९

फागुन ५, खोटाङ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने टुवाखोला–पञ्चमीबजार सडक सञ्चालनमा आएको छ । 

सगरमाथा राजमार्गमा पर्ने गाईघाट–दिक्तेल सडकखण्डको बतासेस्थित टुवाखोला र स–छितापोखरीको पञ्चमीबजार जोड्ने १४ किलोमिटर सडक सञ्चालनमा आएको हो । 

जिविस, गाविस तथा सामुदायिक वनको आर्थिक सहयोगमा चार वर्ष लगाएर निर्माण गरिएको सडक हालैदेखि सञ्चालनमा आएको निर्माण उपभोक्ता समितिका सचिव लोकेन्द्र राईले बताउनुभयो । 

फरक–फरक आर्थिक वर्षमा जिविसबाट प्राप्त रु १५ लाख, बतासे गाविसको रु १५ लाख, स–छितापोखरी गाविसको रु ६० हजार, स्थानीय मार्से सामुदायिक वनको रु चार लाख, जोरमाटार सामुदायिक वनको रु दुई लाख र ढुकुरथुम सामुदायिक वनको रु एक लाख ४० हजार गरी रु ९० लाखको लागतमा सडक निर्माण सम्पन्न गरिएको उपभोक्ता समितिले जनाएको छ । 

सडक सञ्चालनमा आएपछि दक्षिणी क्षेत्रका स्थानीयवासीलाई सदरमुकाम दिक्तेल तथा तराईका विभिन्न जिल्ला आवतजावत गर्न सहज भएको छ । सडक निर्माणका क्रममा रु १९ लाख ऋण परेको निर्माण उपभोक्ता समितिले जनाएको छ । 

सडक निर्माण सम्पन्न भएपछि जिल्लाबाट प्राविधिक सहितको टोलीले अनुगमनसमेत गरेको उपभोक्ता समितिले जनाएको छ । निर्माण सम्पन्न गरेलगत्तै सञ्चालनमा ल्याइएको सडक गुणस्तरीय भएको अनुगमन टोलीले बताएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन