खकेन्द्र केसी
फागुन ५ सल्यान 
विपद् आउनुअघि, आएको अवस्था र आएपछि कसरी रिपोटिङ गर्ने भन्नेबारेमा जानकारी गराउने उद्देश्यले सञ्चारकर्मीहरूका लागि सल्यानमा सञ्चालित ३ दिने तालिम आज समापन भएको छ ।कृषि स्वास्थ्य तथा बैकल्पिक जिव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी
फागुन ५ सल्यान 
विपद् आउनुअघि, आएको अवस्था र आएपछि कसरी रिपोटिङ गर्ने भन्नेबारेमा जानकारी गराउने उद्देश्यले सञ्चारकर्मीहरूका लागि सल्यानमा सञ्चालित ३ दिने तालिम आज समापन भएको छ ।कृषि स्वास्थ्य तथा बैकल्पिक जिव"/>
१३ माघ २०८२, सोमबार
समाज

विपद सम्वन्धि सञ्चारकर्मीका लागी ३ दिने तालिम समापन

५ फाल्गुन २०७३, बिहीबार ११:२६

खकेन्द्र केसी
फागुन ५ सल्यान 
विपद् आउनुअघि, आएको अवस्था र आएपछि कसरी रिपोटिङ गर्ने भन्नेबारेमा जानकारी गराउने उद्देश्यले सञ्चारकर्मीहरूका लागि सल्यानमा सञ्चालित ३ दिने तालिम आज समापन भएको छ ।कृषि स्वास्थ्य तथा बैकल्पिक जिविकोपार्जन प्रवद्र्धन पहल कार्यक्रम अन्तर्गत  यु.एस.ए.आई.डि. को आर्थिक सहयोग तथा दलित बिकास समाज सल्यानको आयोजनामा फागुन ३ गते देखि सञ्चालन भएकोे तालिममा जिल्ला स्थित विभिन्न सञ्चारमाध्यममा कार्यरत करिब १५ जना भन्दा बढि सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
तालिमलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानका निरज श्रेष्ठले सहजीकरण गरेका थिए । विपद पूर्वतयारी, विपदका समयमा र विपद पछि सञ्चारकर्मी र सञ्चारमाध्यमको भूमिका अहम् हुने भन्दै श्रेष्ठले  सञ्चारकर्मीले विपद आइपर्न सक्ने सम्भावित स्थान र विषयगत क्षेत्रको पहिचान गरेर त्यसबारेमा समाचार प्रकाशन र प्रशारण गर्न सके त्यसमा सरोकारवाला निकाय केन्द्रित भई सम्भावित जोखिमबाट बच्ने सक्ने बताएका छन् । 
 
समापन कार्यक्रममा बोल्दै DDS सल्यानका अध्यक्ष निम बहादुर नेपालीले  विपद जोखिमका समयमा संकटासन समुदायको उत्थानशील गराउन सञ्चारकर्मीको महत्वपूर्ण भुमिका हुने बताए  । विपद बाट बच्न सुचना फैलाउन सञ्चारकर्मी मात्रै नभएर अन्य व्यक्ति पनि लाग्नुपर्ने नेपालीले बताएका छन् । त्यस्तै पहल कार्यक्रमका सल्यान जिल्ला संयोजक गोकर्न देवकोटाले कल्पना गर्न नसक्ने गरी आउने विपद बाट बच्न केहि कुरा पहिले नै बेलाबेलामा जानकारी गराउनुपर्ने बताए । उनले विपद आइहालेपनि  जोखिममा परेका व्यक्तिलाई उद्वारका लागी सञ्चारकर्मीले राज्यका जिम्मेवार व्यक्तिलाई घचघच्याउन अहम भुमिका खेल्नुपर्न बताएका छन्  । 
नेपाल पत्रकार महासंघ सल्यानका कार्यबहाक अध्यक्ष सनतकुमार शर्माले जिल्लामा यस्तो खालको कार्यक्रम पहिलो पटक आएको भन्दै अब यसबाट सञ्चारकर्मीहरुले केही सिकेकाले यसलाई{ व्यबहारमा उतार्ने समेत बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन