खकेन्द्र केसी
फागुन ५ सल्यान 
विपद् आउनुअघि, आएको अवस्था र आएपछि कसरी रिपोटिङ गर्ने भन्नेबारेमा जानकारी गराउने उद्देश्यले सञ्चारकर्मीहरूका लागि सल्यानमा सञ्चालित ३ दिने तालिम आज समापन भएको छ ।कृषि स्वास्थ्य तथा बैकल्पिक जिव"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी
फागुन ५ सल्यान 
विपद् आउनुअघि, आएको अवस्था र आएपछि कसरी रिपोटिङ गर्ने भन्नेबारेमा जानकारी गराउने उद्देश्यले सञ्चारकर्मीहरूका लागि सल्यानमा सञ्चालित ३ दिने तालिम आज समापन भएको छ ।कृषि स्वास्थ्य तथा बैकल्पिक जिव"/>
२०८३, २१ जेष्ठ बिहीबार
समाज

विपद सम्वन्धि सञ्चारकर्मीका लागी ३ दिने तालिम समापन

२०७३, ५ फाल्गुन बिहीबार ११:२६

खकेन्द्र केसी
फागुन ५ सल्यान 
विपद् आउनुअघि, आएको अवस्था र आएपछि कसरी रिपोटिङ गर्ने भन्नेबारेमा जानकारी गराउने उद्देश्यले सञ्चारकर्मीहरूका लागि सल्यानमा सञ्चालित ३ दिने तालिम आज समापन भएको छ ।कृषि स्वास्थ्य तथा बैकल्पिक जिविकोपार्जन प्रवद्र्धन पहल कार्यक्रम अन्तर्गत  यु.एस.ए.आई.डि. को आर्थिक सहयोग तथा दलित बिकास समाज सल्यानको आयोजनामा फागुन ३ गते देखि सञ्चालन भएकोे तालिममा जिल्ला स्थित विभिन्न सञ्चारमाध्यममा कार्यरत करिब १५ जना भन्दा बढि सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
तालिमलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानका निरज श्रेष्ठले सहजीकरण गरेका थिए । विपद पूर्वतयारी, विपदका समयमा र विपद पछि सञ्चारकर्मी र सञ्चारमाध्यमको भूमिका अहम् हुने भन्दै श्रेष्ठले  सञ्चारकर्मीले विपद आइपर्न सक्ने सम्भावित स्थान र विषयगत क्षेत्रको पहिचान गरेर त्यसबारेमा समाचार प्रकाशन र प्रशारण गर्न सके त्यसमा सरोकारवाला निकाय केन्द्रित भई सम्भावित जोखिमबाट बच्ने सक्ने बताएका छन् । 
 
समापन कार्यक्रममा बोल्दै DDS सल्यानका अध्यक्ष निम बहादुर नेपालीले  विपद जोखिमका समयमा संकटासन समुदायको उत्थानशील गराउन सञ्चारकर्मीको महत्वपूर्ण भुमिका हुने बताए  । विपद बाट बच्न सुचना फैलाउन सञ्चारकर्मी मात्रै नभएर अन्य व्यक्ति पनि लाग्नुपर्ने नेपालीले बताएका छन् । त्यस्तै पहल कार्यक्रमका सल्यान जिल्ला संयोजक गोकर्न देवकोटाले कल्पना गर्न नसक्ने गरी आउने विपद बाट बच्न केहि कुरा पहिले नै बेलाबेलामा जानकारी गराउनुपर्ने बताए । उनले विपद आइहालेपनि  जोखिममा परेका व्यक्तिलाई उद्वारका लागी सञ्चारकर्मीले राज्यका जिम्मेवार व्यक्तिलाई घचघच्याउन अहम भुमिका खेल्नुपर्न बताएका छन्  । 
नेपाल पत्रकार महासंघ सल्यानका कार्यबहाक अध्यक्ष सनतकुमार शर्माले जिल्लामा यस्तो खालको कार्यक्रम पहिलो पटक आएको भन्दै अब यसबाट सञ्चारकर्मीहरुले केही सिकेकाले यसलाई{ व्यबहारमा उतार्ने समेत बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित