कमल रावल/फागुन ५, अछाम । जिल्ला प्रहरी कार्यालय अछामका १४ जना कर्मचारीले रक्तदान गरेका छन । 

न्याय हेल्थ नेपाल बयालपाटा अस्पताल र जिल्ला प्रह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल/फागुन ५, अछाम । जिल्ला प्रहरी कार्यालय अछामका १४ जना कर्मचारीले रक्तदान गरेका छन । 

न्याय हेल्थ नेपाल बयालपाटा अस्पताल र जिल्ला प्रह"/>

२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

प्रहरी कार्यालय अछामका १४ जना कर्मचारीले रक्तदान गरे

२०७३, ५ फाल्गुन बिहीबार १२:४८


कमल रावल/फागुन ५, अछाम । जिल्ला प्रहरी कार्यालय अछामका १४ जना कर्मचारीले रक्तदान गरेका छन । 

न्याय हेल्थ नेपाल बयालपाटा अस्पताल र जिल्ला प्रहरी कार्यालय अछामको समन्वयनमा जिल्ला प्रहरी कार्यालय अछाममा रक्तादान गरिएको हो । जिल्ला प्रहरी कार्यालय अछामले प्रहरी मेरो साथि अभियानका क्रममा बयालपाटा अस्पतालको सहकार्यक्रमा रक्तदान कार्यक्रम गरिएको हो । 

जिल्ला प्रहरी कार्यालयका पदम राज जोशि, उत्तम प्रसाद अवस्थी, हर्ष बहादुर चन्द, नवराज पाण्डे, कैलाश खड्का, उद्धब सिह कडयत, योगेन्द्र बहादुर बिष्टले रगत दान गरेका हुन । यस्तै मोतीलाल सापकोटा, शँकर चन्द, विरेन्द्र साउद, जितेन्द्र शाह, मोहन सिह धामि, कृष्ण बहादुर चन्द, गणेश चन्द रहेका छन । 

रक्तदान पछि बोल्दै जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपि निरञ्जन दत्त भट्टले प्रहरी नागरिकको साथी भएकाले आफ्नो सामाजिक उत्तर दायित्व अन्र्तगत रक्तदान गरिएको बताउनु भयो । 

निशुल्क रुपमा सुदुरपश्चिमका जनतालाई बयालपाटा अस्पतालले सेवा दि रहेकाले आगामि दिनमा रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस भन्दै आफनो कार्यालयबाट रक्तदान अभियान थालिएको बताउनु भयो । 

सँकलन गरिएको रगत एक महिना सम्म मौज्दान गरेर राखेपनि प्रयोग ल्याउन सकिने र विरामिलाई दोहोर गरि प्रयोग गर्दै जादा २ महिना सम्म प्रयोगमा ल्याउन सकिने बयालपाटा अस्पतालका विकास साझेदार प्रमुख प्रियकर चन्दले बताउनु भयो । 

रगतको अभावमा अछामका कैयौँ नागरिकले अकालमै ज्यान गुमाउन परेको अबस्था रहि आएको छ । जिल्लामा जिल्ला अस्पताल अछाम र बयालपाटा अस्पतालमा कसैलाई रगतको अभाव हुदै आएमा खप्तड गुल्म साफेबगर, दुर्गाबक्स गण अछामका सैनीक र प्रहरी रक्तदान गर्दै आएका छन । 

रगत सँकलन कार्यक्रममा बयालपाटा अस्पतालका डाक्ट्र अविशेष वाग्ले, प्रयोगशाला प्रमुख ओमकार अधिकारी, विकास साझेदार प्रमुख प्रियकर चन्द, ल्याब असिस्टेन्ड सुनिल बुढा र अर्जुन रावतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ