कमल रावल/फागुन ५, अछाम । जिल्ला प्रहरी कार्यालय अछामका १४ जना कर्मचारीले रक्तदान गरेका छन । 

न्याय हेल्थ नेपाल बयालपाटा अस्पताल र जिल्ला प्रह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल/फागुन ५, अछाम । जिल्ला प्रहरी कार्यालय अछामका १४ जना कर्मचारीले रक्तदान गरेका छन । 

न्याय हेल्थ नेपाल बयालपाटा अस्पताल र जिल्ला प्रह"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

प्रहरी कार्यालय अछामका १४ जना कर्मचारीले रक्तदान गरे

५ फाल्गुन २०७३, बिहीबार १२:४८


कमल रावल/फागुन ५, अछाम । जिल्ला प्रहरी कार्यालय अछामका १४ जना कर्मचारीले रक्तदान गरेका छन । 

न्याय हेल्थ नेपाल बयालपाटा अस्पताल र जिल्ला प्रहरी कार्यालय अछामको समन्वयनमा जिल्ला प्रहरी कार्यालय अछाममा रक्तादान गरिएको हो । जिल्ला प्रहरी कार्यालय अछामले प्रहरी मेरो साथि अभियानका क्रममा बयालपाटा अस्पतालको सहकार्यक्रमा रक्तदान कार्यक्रम गरिएको हो । 

जिल्ला प्रहरी कार्यालयका पदम राज जोशि, उत्तम प्रसाद अवस्थी, हर्ष बहादुर चन्द, नवराज पाण्डे, कैलाश खड्का, उद्धब सिह कडयत, योगेन्द्र बहादुर बिष्टले रगत दान गरेका हुन । यस्तै मोतीलाल सापकोटा, शँकर चन्द, विरेन्द्र साउद, जितेन्द्र शाह, मोहन सिह धामि, कृष्ण बहादुर चन्द, गणेश चन्द रहेका छन । 

रक्तदान पछि बोल्दै जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपि निरञ्जन दत्त भट्टले प्रहरी नागरिकको साथी भएकाले आफ्नो सामाजिक उत्तर दायित्व अन्र्तगत रक्तदान गरिएको बताउनु भयो । 

निशुल्क रुपमा सुदुरपश्चिमका जनतालाई बयालपाटा अस्पतालले सेवा दि रहेकाले आगामि दिनमा रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस भन्दै आफनो कार्यालयबाट रक्तदान अभियान थालिएको बताउनु भयो । 

सँकलन गरिएको रगत एक महिना सम्म मौज्दान गरेर राखेपनि प्रयोग ल्याउन सकिने र विरामिलाई दोहोर गरि प्रयोग गर्दै जादा २ महिना सम्म प्रयोगमा ल्याउन सकिने बयालपाटा अस्पतालका विकास साझेदार प्रमुख प्रियकर चन्दले बताउनु भयो । 

रगतको अभावमा अछामका कैयौँ नागरिकले अकालमै ज्यान गुमाउन परेको अबस्था रहि आएको छ । जिल्लामा जिल्ला अस्पताल अछाम र बयालपाटा अस्पतालमा कसैलाई रगतको अभाव हुदै आएमा खप्तड गुल्म साफेबगर, दुर्गाबक्स गण अछामका सैनीक र प्रहरी रक्तदान गर्दै आएका छन । 

रगत सँकलन कार्यक्रममा बयालपाटा अस्पतालका डाक्ट्र अविशेष वाग्ले, प्रयोगशाला प्रमुख ओमकार अधिकारी, विकास साझेदार प्रमुख प्रियकर चन्द, ल्याब असिस्टेन्ड सुनिल बुढा र अर्जुन रावतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव