दलसिंह गिरी/फागुन ५,  कालिकोट । दुई बर्ष पहिले कालिकोट आउदा यो विरानो ठाउमा कसरी आफ्नो कार्यकाल विताउला भनी गरुङ्गो मन बनाएर आएको थिए, तर कालिकोटेवासीक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/फागुन ५,  कालिकोट । दुई बर्ष पहिले कालिकोट आउदा यो विरानो ठाउमा कसरी आफ्नो कार्यकाल विताउला भनी गरुङ्गो मन बनाएर आएको थिए, तर कालिकोटेवासीक"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

मलाई दुलही झै बनायो कालिकोटले: महिला अधिकृत थापा

५ फाल्गुन २०७३, बिहीबार १३:०९


दलसिंह गिरी/फागुन ५,  कालिकोट । दुई बर्ष पहिले कालिकोट आउदा यो विरानो ठाउमा कसरी आफ्नो कार्यकाल विताउला भनी गरुङ्गो मन बनाएर आएको थिए, तर कालिकोटेवासीको माया र ममताले अन्तत नयाँ दुलही जस्तै गराएको महिला अधिकृत सिता थापाले बताउनु भएको छ । 

मन्त्रालयको जिम्मेवारी अनुसार कालीकोट आउनु पूर्व नै विगतका केही महिला अधिकृतले रकम अनियमितताको हल्ला अक्तियार सम्म पुगेको कुरा सुन्दासुन्दै आफ्नो जिम्मेवारी समाल्न आउनु भएका महिला अधिकृत थापा कालिकोटे महिलाबाटै ससम्मान सहितको विदाई पाउदा हर्शको आशु समाल्नै नसकेको बताउनु भएको छ । 

महिला तथा बालबालिका कार्यालयकै सहजिकरणमा गठित महिला सहकारीहरुको नाममा संचालित गरिवी विरुद्धको कार्यक्रमको रकम कृतेसिक्नेचर गरेर विगतका केही महिला अधिकृतहरुको मिलेमतोमा रकम हिनामिना भएको भन्दै अत्तियार सम्म पुगेका कालिकोटे महिलाहरुबाटै भब्य विदाई कार्यक्रमको आयोजना गरी महिला अधिकृत थापालाई विदाई गरिएको छ । विगतका महिला अधिकृतहरु रातारात लुकेर जाने, कालिकोटे महिलाहरुले कालोमोसो दलेर पठाउने जस्ता विगतका बाध्यकारी गतिबिधिहरुबाट टाढा रहेर कालिकोटे महिलाद्धारा ससम्मान सहित फुलमाला र अविरले महिला अधिकृत थापालाई विदाई गरिएको हो । 

कार्यालयमा प्रमुख भएर आएपछि सेवाग्राहीको हितमा पारदर्शी तथा प्रभावकारी काम गर्न सके जुनसुकै ठाउबाट पनि सम्मान र माया पाइदोरहेछ भन्ने उहारण महिला अधिकृत सिता थापाले देखाएको कालिकोटका महिला अधिकारकर्मी भावना कुमारी शाहीले वताउनु भएको छ । यसै गरी आफ्नो नाममा कृतेसिक्नेचर गरी ८ लाख बढी रकम हिनामिना गरेको भन्दै अक्तियार सम्म पुग्नु भएकी कर्नाली महिला वचत तथा ऋण सहकारीकी अध्यक्ष विरु भारतीले विगतका महिला अधिकृतले कालिकोटे महिलाको नाममा ब्रमलुट गरेपनि यतिबेला महिला अधिकृत थापाले आफ्नो कार्यालयबाट संचालित कार्यक्रमहरु प्रभावकारी र पारदर्शीरुपमा संचालन गरेकाले आफुहरुले सम्मान सहित विदाई गरेको बताउनु भएको छ ।

कालिकोटमा महिला तथा बालबालिका कार्यालय स्थापना भए यता कुनै पनि कार्यालय प्रमुखहरुले आफ्नो कार्यालयबाट संचालित बार्षिक कार्यक्रमको सार्वजनिकिकरण, भएगरेका गतिविधिबारे सार्बजनिक सुनुवाई सम्म नगरेको रेकर्डलाई तोड्दै महिला अधिकृत सिता थापाले जिल्लामै पहिलो पटक यस्ता कामको थालनी गरेकाले पनि वहाँलाई उच्च सम्मानका साथ विदाई गरेको अर्का महिला अधिकारकर्मी धर्मा शाहीले बताउनु भएको छ । 

आफ्नो विदाईको क्रममा बोल्दै महिला अधिकृत थापाले कालिकोटे वासीको साथ, सहयोग र सल्लाहमा काम गर्ने अवशर पाएको र त्यहि अवसरको फलस्वरुप आज कालिकोटेबासीबाट अथाह माया सहितको सम्मान पाएको बताउनु भएको छ । मन्त्रालयको बाध्यकारी सरुवानीतिका कारण जहाँ खटायो त्यही जानैपर्ने भएता पनि फेरी पनि कालिकोटेहरुको माया र मन्त्रालयले आवश्यकता ठहरे पुन कालिकोट आउने धारणा समेत राख्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन