पर्वत । सात गाउँ विकास समितिका विभिन्न समुहका महिलाहरुलाई लक्षित गरी महिला तथा बालबालिका कार्यालयले आयोजना गरेको एक हप्ते तालिम सम्पन्न भएको छ । जिल्लामा रहेका सात गाविस सरौखोला, क्याङ, देउराली, कार्किनेटा, पिपलटारी, फलामखाी र न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । सात गाउँ विकास समितिका विभिन्न समुहका महिलाहरुलाई लक्षित गरी महिला तथा बालबालिका कार्यालयले आयोजना गरेको एक हप्ते तालिम सम्पन्न भएको छ । जिल्लामा रहेका सात गाविस सरौखोला, क्याङ, देउराली, कार्किनेटा, पिपलटारी, फलामखाी र न"/>
१३ माघ २०८२, सोमबार
पर्बत - PBT

महिला तालिम सम्पन्न

६ फाल्गुन २०७३, शुक्रबार ०६:०३

पर्वत । सात गाउँ विकास समितिका विभिन्न समुहका महिलाहरुलाई लक्षित गरी महिला तथा बालबालिका कार्यालयले आयोजना गरेको एक हप्ते तालिम सम्पन्न भएको छ । जिल्लामा रहेका सात गाविस सरौखोला, क्याङ, देउराली, कार्किनेटा, पिपलटारी, फलामखाी र नाङलीवाङका झण्डै ३१ जना महिलाहरुलाइ लक्षित गरी  आधारभूत तालिम दिइएको थियो । 

कार्यक्रममा सहभागी महिलाहरुले तालिम उपलब्धीमुलक रहेको बताएका छन् । तालिमबाट व्यक्तित्व विकासका साथै बक्तृत्वकलाको विकास भएको बताए । सहभागीहरुले तालिमबाट धेरै कुराबारे जानकारी हासिल गरेको बताए । 

महिला समिति संस्था हाम्रो पहिचान महिला सशक्त बनाउन हाम्रो अभियान  भन्ने नारा सहित महिला  महिक्तकरणको प्रारम्भिकक प्रशिक्षण स्वरुप यो तालिम संचालन गरिएको हा तालिम महिला विकास र नेतृत्वकै लागि रहेको सहभागीले बताए ।


तालिममामा मुख्यतया महिला विकास कार्यक्रम, समुह गतिसिलता, समुह कार्य, बचत के किन कसरी ? समुह सहजीकरण र संस्थागत विकास , नेतृत्व के कसरी र शैलीहरु, संचार र संचार सीपहरु, लैंगिकता, नेपाली महिलाको वर्तमान अवस्था, लैंगिक भूमिका परिवर्तन,प्रजनन स्वास्थ, सुरक्षित मातृत्व, एचआइभी ÷एड्स, घरेलु हिंसा, बालअधिकार, मानब बेचबिखन अपराध नियन्त्रण, ग्रामिण व्यवसाय, महिला सशक्तीकरणमा समुह सदस्यको अभिकार्य जस्ता विषयमा प्रशिक्षण हुने महिला तथा बालबालिका कार्यालय पर्वत की कार्यालय प्रमुख तारा सुनुवारले बताइन् ।


एक हप्तासम्म संचालन हुने उक्त कार्यक्रममा खरौखोला गाविस बाट २ जना, देउराली गाविसका ६ जना, क्याङ गाविसका  ९ जना, कार्कीनेटा गाविस बाट १ ,पिपलटारी कुनपा १६ का ५, फलामखानी गाविसका ५ ,र नाङलीवाङ गाविसका ३ जना  गरी ३१ जना कार्यक्रममा सहभागी रहेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन