२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोट र रुकुमका ग्रामीण बस्ती अन्धकारमा

२०७३, ६ फाल्गुन शुक्रबार ०६:४०

फागुन ६, जाजरकोट । यहाँको भगवती–९ सिउनामा रहेको भेरीखोला लघुजलविद्युत् आयोजना गत कात्तिक महिनादेखि अवरुद्घ हुँदा भगवती–९ सिउना, जाजरकोट र रुकुमको गोतामकोट–९ मन्का बगरका स्थानीयवासी अँध्यारोमा बस्न बाध्य भएका छन् । 

उक्त लघुजलविद्युत् आयोजनाको जेनेरेटरमा आएको खराबीका कारण यहाँका ग्रामीण बस्ती अन्धकार भएका हुन् । १५ किलोवाट विद्युत् उत्पादन क्षमता भएको भेरीखोला लघुजलविद्युत् आयोजना २०७१ सालमा आस्था नेपालद्वारा रु २२ लाखमा निर्माण गरिएको हो । यो आयोजना निर्माण भएसँगै भगवती–९ सिउना र रुकुमको गोतामकोट–९ मन्का बगरका झन्डै एकसय ५० भन्दा बढी घरधुरीका स्थानीयवासीले बत्ती पाल्न पाएका छैनन् । 

आयोजना गत कात्तिक महिनादेखि अवरुद्घ भएको थियो । बजेट अभावका कारण विद्युत् सेवा सञ्चालन गर्न नसकेको उक्त लघुजलविद्युत् आयोजनाका निर्माण उपभोक्ता अध्यक्ष हर्कबहादुर बोहराले बताउनुभयो । 

विद्युत्का पोल सल्लीका काठका भएकाले कुहिएर बिस्तारै ढल्दै गएका छन् । पोल ढल्दा बाटोमा तार लत्रिएकाले मान्छे र पशुचौपायालाई आवतजावत गर्न समस्या भएको बोहराले बताउनुभयो । ग्रामीण क्षेत्रमा भएका कारण विद्युत्का सामग्री लिन र ल्याउन पनि सास्ती हुने गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना