२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

समयमै पाठ्यपुस्तक नपुग्दा विद्यार्थीलाई समस्या

२०७३, ६ फाल्गुन शुक्रबार ११:३२

नन्दराम जैशी/फागुन ६, जुम्ला । जुम्लामा प्रयाप्त मात्रामा समयमै पाठ्यपुस्तक नपुग्दा विद्यार्थीलाई समस्या भएको छ । 

जुम्लामा विद्यालय भर्ना अभियानसँगै विद्यालय खुल्ने क्रम जारी रहेपनि प्रयाप्त मात्रामा समयमै पाठ्यपुस्तक नपुग्दा विद्यार्थीलाई पठन पाठनमा समस्या भएको हो । जुम्लाका तीन वटा स्टेशनरीले पुस्तक खरिदको जिम्मा लिएको भएपनि अहिले सम्म प्रयाप्त मात्रामा पाठ्यपुस्तक नआउदा विद्यार्थीहरु समस्या भएको बताउछन् । 

गत वर्षको तथ्यांक अनुसार जुम्ला जिल्लामा ३८ हजार २ सय २१ जना विद्यार्थीको संख्या रहेको छ । सोहि विाद्यार्थी संख्या अनुसारको पाठ्यपुस्तक हालसम्मपनि आई पुगेको छैन । पाठ्यपुस्तक खरिदको जिम्मा लिएका तीन वटा स्टेशनरीले पाठ्यपुस्तक जिल्लामा ल्याउने क्रम जनारी रहेको बताएका छन् । 

यता जिल्ला शिक्षा कार्यालय जुम्लाले विगतका वर्षहरु जस्तै आधा शैक्षिक सत्र सकिदा पनि पुस्तक नआई पुग्ने समस्या यो शैक्षिक सत्रमा नहुने दावि गरेको छ । सिंजा क्षेत्रका लागि भने  गोठिज्युलामा रहेको दर्पन स्टेशनरीले पुस्तक खरिदको जिम्मा लिएको छ । जुम्ला सदरमुकाममा रहेका जीपी स्टेसनरी र सन्ध्या स्टेनसरीले पुस्तरक खरिद गरिरहेका छन् । जसमा सन्ध्या स्टेशनरीले पाठ्य पुस्तक आइपुगेको बताएको छ भने अहिले जिपी स्टेसनरीमा जम्मा ७ हजार ४ सय सेट पुस्तक आईसेका छन् । 

यस्तै कक्षा ६ देखी १० सम्मका ३६ सय सेट,  कक्षा १ का लागि  १ हजार र कक्षा २ का लागि  पनि १ हजार सेट पुस्तक जुम्लामा आईपुगेको बताईएको छ । कक्षा ३ देखी ५ सम्म प्रति कक्षा ८ सय सेट पुस्तक आईपुगेको जीपी स्टेसनरी जुम्लाका प्रोपाईटर गणेश रोकायाले बताउनुभयो । पुस्तक किन्नको लागि फाटफुट विद्यार्थी मात्र आईरहेको सन्ध्या स्टेशनरीका प्रोप्राइटर सुमन खड्काले बताउनु भयो । उता गोठिज्युलामा रहेको दर्पन स्टेशनरीमा ११ हजार ७ सय २५ थान पुस्तक आई सकेको जिल्ला शिक्षा कार्यालय जुम्लाले जनाएको छ । 

यता पुस्तक व्यवसायीहरुले पुस्तक समय मै पुग्ने गरेको भएपनि जिल्ला शिक्षा कार्यालयले अनुगमन नगरेका कारण पुस्तक थन्किने समस्या रहेको बताएका छन् । यो वर्ष त्यस्तो समस्या हुन नदिन कार्यालयले सक्रियताका साथ प्रभावकारी अनुगमन गर्नु पर्नेमा उनीहरुले जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना