पर्वत ।  प्रजनन स्वास्थ्यमा अप्रत्यक्ष असर पार्ने विषय महिलाहरुमा महिनावारी पनि भएको कुरालाई मध्यनजर गर्दै र महिलाहरुलाई महिनावारी सम्बन्धी सचेतना जगाउनको लागि प्रजनन स्वास्थ्य सुधारका लागि प्ररिक्षण कार्यक्रमको आयोजना गरीए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत ।  प्रजनन स्वास्थ्यमा अप्रत्यक्ष असर पार्ने विषय महिलाहरुमा महिनावारी पनि भएको कुरालाई मध्यनजर गर्दै र महिलाहरुलाई महिनावारी सम्बन्धी सचेतना जगाउनको लागि प्रजनन स्वास्थ्य सुधारका लागि प्ररिक्षण कार्यक्रमको आयोजना गरीए"/>
१३ माघ २०८२, सोमबार
पर्बत - PBT

प्रजनन स्वास्थ्य सुधारका लागि प्रशिक्षण

७ फाल्गुन २०७३, शनिबार ०५:२५

पर्वत ।  प्रजनन स्वास्थ्यमा अप्रत्यक्ष असर पार्ने विषय महिलाहरुमा महिनावारी पनि भएको कुरालाई मध्यनजर गर्दै र महिलाहरुलाई महिनावारी सम्बन्धी सचेतना जगाउनको लागि प्रजनन स्वास्थ्य सुधारका लागि प्ररिक्षण कार्यक्रमको आयोजना गरीएको छ ।


जिल्ला विकास समिति कार्यालय पर्वतको आयोजना तथा महिला तथा बालबालिका कार्यालय पर्वतको संयोजनमा भएको उक्त कार्यक्रममा ५० परिचालिकाहरुलाई सो सम्बन्धी प्रशिक्षण तालिम दिइएको हो ।


महिनावारी सम्बन्धी सचेतना गाउने अभिप्रायका साथ महिनावारी सम्बन्धी ज्ञान तथा    सिनेटरी प्याड निर्माण गर्ने कार्य दुइ चरणमा गरी सामाजिक परिचालिककाहरुलाई तालिम दिइएको  हो ।


पहिलो चरणमा हुवासमा इन्पेड नेपाल र सेक्रेट नेपालबाट परिचालित २० सामाजिक परिचालिका र दोस्रो चरणमा नगरपालिका अन्र्तगतका ३० जना सामाजिक परिचालकहरुलाई सो तालिम दिइएको महिला तथा बालबालिका कार्यालयकी प्रमुख तारादेवी सुनुवारले बताईन ।

कार्याक्रममा बोल्दै सभासद कल्पना शर्मा जोशीले महिनावारी प्राकृतिक नियम भएता पनि कतिपय समाजमा अझै पनि त्यसलाई छाोइछिटोका रुपमा लिने र महिलामाथि हिंसा गर्ने गरेको बताईन । 


अझै पनि सुदुरपश्चिमका जिल्लाहरुमा महिनावारी भएको बेलमा महिलाहरुलाई छाउपडिमा राख्ने चलन रहेको भन्दै जबसम्म महिलाहरु आफै सचेत भइ बाहिर आउँदैनन तब सम्म यस्ता कुप्रथाहरु समाजमा रहिरहेन भन्दै महिलाहरु अगाडि बढ्न र महिनावारी सम्बन्धी खुलेर जानकारी हासिल गर्नुपर्नेमा जोड दिइन । 


उनले जिल्लामा महिलाहरुलाई महिनावारी सम्बन्धी सचेतना तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरेकोमा खुसी व्यक्त गरिन् । उनले आगामि दिनमा सांसद विकास कोषबाट महिलाहरुकालाई महिनावारी सम्बन्धी अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमको लागि रकम विनियोजन गर्ने समेत उनले प्रतिबद्धता जनाईन । महिनावारी अनियमित वा गडबढी हुने र महिनावारीको समयमा अपनाउपर्ने सुरक्षा नअपनाउदा महिलाहरुको पाठेघर सम्बन्धि लाग्ने रोगको संक्रमण बाट जागाउने यो कार्यक्रम फलदायी रहेको समेत उनले बताइन ।


स्थानिय विकास अधिकारी युवराज पाौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नागरिक समाज संजालका अधयक्ष राजेन्द्र पहाडि, सिडिआरएफ संस्थाका कार्यक्रम व्यवस्थापाक गणेश क्षेत्री  र निमित महिला विकास अधिकृत तारा सुनुवारले लगायतले बोलेका थिए भने कार्यक्रमको संयोजना दिपेन्द्र शर्माले गरेका थिए ।

कार्यक्रमको उदेश्यबारे सामाजिक विकास अधिकृत लिलाधर सुवेदीले प्रकाश पारेका थिए भने कार्यक्रम संचालन सोडेक नेपाल सामाजिक परिचालन संयोजक यज्ञ प्रसाद शर्माले गरेका थिए । 


महिला तथा बालबालिका ले पहिले चासो नदिएकोले कार्यक्रम ३ गाविसमा सिमिति भएको र हाल तारा सुनुवार आए पछि सहयोग       गरेकोले छोटो समयमा धेरै जनालाई तालिम संचालन भएको र हाल आफु जाने बेला भएको समेत यूकीलेले बताइन् । उनले जिल्लामा    महिनावारी सम्बन्धी सचेतना दिने काम गदै आएता पनि सुनुवारपछि कामले तिब्रता र निरन्तरता पाएको बताइन् । जापनिज स्वयसेवीका यूकि यामामोतीले नै प्रशिक्षण दिएकी     थिइन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन