ललित बोहरा । डडेल्धुरा फागुन ८  । डडेल्धुराको कोटेलीमा खानेपानीको विषयमा भएको विवादले उग्ररुप लिएर भएको झडपमा एक जनाको ज्यान गएको छ । पानीको विषयमा कोटेली–१ न्वाघरका ३७ वर्षका शेरबहादुर साउद र २४ वर्षका भीमबहादुर भूलबिच झडप भएको हो । झडपको क्रममा कोटेली गाबिसका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा । डडेल्धुरा फागुन ८  । डडेल्धुराको कोटेलीमा खानेपानीको विषयमा भएको विवादले उग्ररुप लिएर भएको झडपमा एक जनाको ज्यान गएको छ । पानीको विषयमा कोटेली–१ न्वाघरका ३७ वर्षका शेरबहादुर साउद र २४ वर्षका भीमबहादुर भूलबिच झडप भएको हो । झडपको क्रममा कोटेली गाबिसका "/>
२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराको कोटलीमा एक यूवकको खुकुरी प्रहार गरी हत्या

२०७३, ८ फाल्गुन आईतवार ०६:३०

ललित बोहरा । डडेल्धुरा फागुन ८  । डडेल्धुराको कोटेलीमा खानेपानीको विषयमा भएको विवादले उग्ररुप लिएर भएको झडपमा एक जनाको ज्यान गएको छ । पानीको विषयमा कोटेली–१ न्वाघरका ३७ वर्षका शेरबहादुर साउद र २४ वर्षका भीमबहादुर भूलबिच झडप भएको हो । झडपको क्रममा कोटेली गाबिसका ईन्सेक संयोजक समेत रहेका साउदको ज्यान गएको प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । झडपको क्रममा भीमबहादुरले शेरबहादुरलाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका शेरबहादुरको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको हो । खुकुरी प्रहार गर्ने भीमबहादुरलाई प्रहरीले पक्राउ गरेको छ । त्यहाँ लामोसमयदेखि खानेपानीको विषयमा विवाद भएको थियो । आइतबार बिहान साढे सात बजेतिर भएको घटनापछि स्थानीय बासिन्दाले विवाद मिलाउन प्रशासनले आनाकानी गरेकै कारण हत्यासम्मको घटना भएको भन्दै आलोचना गरेका छन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना