पर्वत ।दशनामी समाज पर्वतले शनिवार बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ । 


सदरमुकाम कुश्माको शिवालय मन्दिर हाताभित्र आयोजित कार्यक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत ।दशनामी समाज पर्वतले शनिवार बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ । 


सदरमुकाम कुश्माको शिवालय मन्दिर हाताभित्र आयोजित कार्यक"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

दशनामी समाजले ग¥यो बधाई तथा सम्मान

८ फाल्गुन २०७३, आईतवार ०६:४४

पर्वत ।दशनामी समाज पर्वतले शनिवार बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ । 


सदरमुकाम कुश्माको शिवालय मन्दिर हाताभित्र आयोजित कार्यक्रममा समाजकै संस्थापक सचिव संम्मानित भएका छन् । समाजका संस्थापक सचिव सरोज पुरीलाई बधाई तथा सम्मान गरिएको हो ।


विगतमा संस्थापक पुरीले समाजको हितमा पुराएको योगदान र हालमा उनको सामाजिक गतिविधिको सक्रियतालाई मूल्यांकन गरी बधाई तथा संम्मानको कार्यक्रम आयोजना गरेको समाजका सचिव प्रनिश गिरीले बताए । हाल संस्थापक सचिव पुरी अमेरिकाको मेरिल्याण्ड राज्यस्थित बाल्टिमोरमा बसोबास गर्दै आएका छन् । 

विगत एक दशक भन्दा बढी समयदेखि अमेरिका बस्दै आएका पुरी एनआरएन संस्थामा सक्रिय छन् । एनआरएनको मेरिल्याण्ड च्याप्टरमा विजनेस डेभलपमेन्ट डायरेक्टरको रुपमा उनी कार्यरत छन् ।

संमानित पुरीलाई दशनामी समाजका जिल्ला अध्यक्ष तुलसी गिरी र उपाध्यक्ष तिला गिरीले अविर, फुलमाला लगाएर सम्मान गरिएको थियो । उनलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । संम्मान ग्रहणपछि अत्यन्तै भावुक बनेका सामाजिक व्यक्तित्व पुरीले आफू परिस्थितिवश विदेशमा बस्नु परेपनि केही समयपछि स्वदेश फर्केर यही आफू जन्मेको थलोमा सामाजिक कार्य गर्ने मन रहेको भनाई राखे । समाजका अध्यक्ष तुलसी       गिरीले संस्थापक सचिव पुरीले समाजका लागि पुराएको योगदानको प्रशंसा गरे । संस्थापक सचिव पुरीले दशनामी समाज पर्वतको सहयोगार्थ भनी नगद दश हजार रुपैया प्रदान गरेका थिए ।सम्मान तथा बधाई कार्यक्रममा दशनामी समाजका केन्द्रिय सदस्य तेजकुमारी पुरी, समाजका जिल्ला कोषाध्यक्ष दिपेन्द्र गिरी लगायत दशनामी सदस्यहरु सहभागीता थियो । कार्यक्रमको संचालन सचिव प्रनिश गिरीले गरेका थिए ।दशनामी समाज पर्वतले सामाजिक योगदान पुराउने दशनामी सदस्यहरुलाई बधाई तथा सम्मान गर्ने कार्य गर्दै आएको छ । दशनामी समाज पर्वतले यही चैत्र ५ गते जिल्ला अधिवेशन तयारी गर्ने र त्यसको तयारीका लागि यही आउने शनिवार वृहत भेलाको आयोजना गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन