फागुन ८, ओखलढुंगा । नेपाल पत्रकार महासंघ जिल्ला शाखा ओखलढुंगाको सभापत्तीमा फेरि दिपेन्द्र रुम्दाली निर्विरोध निर्वाचित हुनुभएको छ । 

महासंघक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन ८, ओखलढुंगा । नेपाल पत्रकार महासंघ जिल्ला शाखा ओखलढुंगाको सभापत्तीमा फेरि दिपेन्द्र रुम्दाली निर्विरोध निर्वाचित हुनुभएको छ । 

महासंघक"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

पत्रकार महासंघ ओखलढुंगामा तेश्रो पटक दिपेन्द्र

८ फाल्गुन २०७३, आईतवार १३:२४


फागुन ८, ओखलढुंगा । नेपाल पत्रकार महासंघ जिल्ला शाखा ओखलढुंगाको सभापत्तीमा फेरि दिपेन्द्र रुम्दाली निर्विरोध निर्वाचित हुनुभएको छ । 

महासंघको शनिवार साँझ सम्पन्न चौथो जिल्ला अधिवेशनले रुम्दालीलाई सभापत्तीमा निर्विरोध चयन गरेको हो । रुम्दालीको लगातार यो तेस्रो कार्यकाल हो । महासंघको भवन निर्माणको काम धमाधम भईरहेको र अन्य केहि योजनाहरु समेत रहेकाले रुम्दालीलाई नै अध्यक्ष बनाउने गरि पत्रकारहरु बिच सहमती भएको थियो । आफुले नचाहेको भएपनि चालु अवस्थामा रहेका कामहरुलाई पूर्णता दिन र नेतृत्वमा रहन सबै साथीहरुले गरेको आग्रह अनुसार अघि बढेको अध्यक्ष रुम्दालीको भनाई छ ।


नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा शिवप्रसाद ढुंगाना, महिला उपाध्यक्षमा बिनु राई, सचिवमा लाक्पा गेल्जे शेर्पा, कोषाध्यक्षमा बोधनारायण श्रेष्ठ, सहसचिवमा कुलबहादुर तामाङ, समावेशि सहसचिव धनु राई त्यसैगरी सदस्यहरुमा पूर्णप्रसाद न्यौपाने, रविन श्रेष्ठ, आङबाबु शेर्पा र मनोज भटराई निर्विरोध निर्वाचित हुनुभएको छ । त्यस्तै केन्द्रिय पार्षदहरुमा कुम्भराज राई र जीवन शर्मा निर्वाचित हुनुभएको छ भने प्रदेश पार्षदमा रेणु पराजुली र युवराज गजमेर सर्वसम्मत निर्वाचित हुनुभएको छ ।


नेपाल पत्रकार महासंघका केन्द्रिय प्रतिनिधी मातृका पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई सांसद हर्कबोल राई सहितका सरोकारवालाहरुले सम्बोधन गर्नुभएको थियो । सांसद राईले महासंघको भवन निर्माणका लागि कम्तीमा तीनलाख भन्दा नघट्नेगरि आर्थिक सहयोग गर्ने घोषणा समेत गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन