दलसिंह गिरी/फागुन ८, कालिकोट । विगतका बर्ष भन्दा यस बर्ष प्रभावकारी सेवा भैरहेको भन्दै जिल्ला स्वास्थ्य कार्यालयले दाबी गरिरहेका बेला जिल्ला सदरमुकाम मान्मक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/फागुन ८, कालिकोट । विगतका बर्ष भन्दा यस बर्ष प्रभावकारी सेवा भैरहेको भन्दै जिल्ला स्वास्थ्य कार्यालयले दाबी गरिरहेका बेला जिल्ला सदरमुकाम मान्मक"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटका महिलाद्धारा जिल्ला प्रशासन र जिल्ला स्वास्थ्यमा धर्ना

८ फाल्गुन २०७३, आईतवार १६:०३


दलसिंह गिरी/फागुन ८, कालिकोट । विगतका बर्ष भन्दा यस बर्ष प्रभावकारी सेवा भैरहेको भन्दै जिल्ला स्वास्थ्य कार्यालयले दाबी गरिरहेका बेला जिल्ला सदरमुकाम मान्मका महिलाहरुले स्वास्थ्य संस्थाबाट प्रभावकारी सेवा नपाएको भन्दै जिल्ला प्रशासन र जिल्ला स्वास्थ्य कार्यालयमा ध्यानाकर्षण सहितको धर्ना कार्यक्रम गरेका छन् । 

स्वास्थ्य संस्थामा आउने सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा प्रवाहका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयले ब्यवस्था गरे अनुसारको सेवा कालिकोटका स्वास्थ्य संस्थाहरुबाट नपाईएको भन्दै जिल्ला सदरमुकाम मान्ममा महिलाहरु धर्नामा उत्रिएका हुन् ।

मानब अधिकार संरक्षण समुह मान्मका अध्यक्ष जुना पाण्डेको संयोजकत्वमा धर्नामा उत्रिएका महिलाहरु हातमा प्लेकार्ड र ब्यानर सहित करिब १ घण्टा जिल्ला प्रशासन कार्यालय परिषर विहिर धर्नामा बस्नुका साथै प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार खड्कालाई ध्यानाकर्षण पत्र समेत दिएका छन् । ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारीले यसको यथार्थताबारे जिल्ला स्वास्थ्यमा बुझ्ने जानकारी दिएपछि टोली फेरी जिल्ला स्वास्थ्य कार्यालयमा धर्ना दिएको छ । 

नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्य सेवालाई मौलिक हकको रुपमा स्थापित गरी स्वास्थ्य संस्थाबाट पाउने आधारभूत स्वास्थ्य सेवा निशुल्क पाउने, प्रत्येक नागरिकले स्वास्थ्य सेवा बारे जानकारी पाउने, स्वास्थ्य सेवामा समान पहुँच र सभ्य ब्यवहार सहितको सेवा दिईने जस्ता कुराहरु ब्यवस्था गरिएपनि कालिकोटका स्वास्थ्य संस्थामा यसो नभै विरामीले सामान्य औषधीका लागि मेडिकल धाउनु पर्ने, साहुसंग ऋण काटेर उपचारको लागि सुर्खेत नेपालगंज जानुपर्ने, स्वास्थ्यकर्मीबाट सधै अभद्रब्यवहार खेप्नु पर्ने जस्ता सवालहरु उठेकाले यसबारे जिल्ला प्रशासन र जिल्ला स्वास्थ्यलाई ध्यानाकर्षण गराउन धर्नाकार्यक्रम गरिएको मानब अधिकार संरक्षण समुहका अध्यक्ष जुना पाण्डेले बताउनु भएको छ । 

धर्नामा बसेका महिला समुहहरुले उठाएका सवालबारे जानकारी दिदै जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कौषल अलिले विगतका दिनहरुमा यस्ता समस्याहरु देखिए पनि हाल यस्तो नरहेको र यदाकदा त्यस्तो देखिएको खण्डमा केन्द्र देखि स्थानीय स्तर सम्म तत्काल प्रक्रियागत कार्वाही अगाडी बढाउने प्रतिवद्धता गरेपछि धर्ना कार्यक्रम स्थगित भएको धर्ना कार्यक्रमका महिलाहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन