2026-08-31 04:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

अनुमति बिना कक्षा चलाउने चितवनका १९ विद्यालयलाई कारबाही

फागुन ९, चितवन । अनुमति बिना कक्षा सञ्चालन गर्ने जिल्लाका १९ निजी विद्यालयलाई जिल्ला शिक्षा कार्यालय चितवनले कारबाही गरेको छ । 

शिक्षा नियमावलीअनुसार कारबाही गरेर त्यहाँ अध्ययनरत् विद्यार्थीले कुन ठाउँमा परीक्षा दिने र कुन ठाउँबाट प्रमाणपत्र लिने सबै जानकारी दिन समेत निर्देशन दिइएको जिल्ला शिक्षा अधिकारी गोविन्द अर्यालले जानकारी दिनुभयो । 

अर्यालका अनुसार चितवनका ती विद्यालयले कम्तीमा एकदेखि पाँच वटा कक्षासम्म अनुमति बिना सञ्चालन गरेको पाइएको छ । यसरी कक्षा सञ्चालन गर्ने सबै आधारभूत तह पढाउने विद्यालय रहेका छन् । 

विद्यार्थी र अभिभावकमा पर्नसक्ने असरलाई मध्यनजर गर्दै अहिले विद्यालय र कक्षा सार्वजनिक नगरिएको र सबै व्यवस्थापन गरेपछिमात्र सार्वजनिक गरिने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । 

नियमावलीले यसरी कक्षा सञ्चालन गर्ने विद्यालयलाई कम्तीमा रु पाँच हजारदेखि २५ हजारसम्म जरिवाना लगाउन सक्ने उल्लेख भएअनुसार प्रकृति हेरेर जरिवाना लगाइएको कार्यालयले जनाएको छ । 

उनीहरुले अर्को वर्ष कक्षा चलाउन नपाउने गरी लिखितपत्र पेस गर्नसमेत भनिएको अर्यालले बताउनुभयो । “केहीले जरिवाना तिर्न थालेका छन्, लिखित प्रतिबद्धता समेत माग गरेका छौँ, उहाँले भन्नुभयो ।” चितवनमा कुल १७६ निजी र ३७७ वटा सामुदायिक विद्यालय छन् । 

यहाँ कुल एक लाख ४३ हजार विद्यार्थी अध्ययनरत छन् । विगत लामो समयदेखि यसरी विद्यालयले अनुमति बिना चलाएको पाइएको जनाईएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने