फागुन ९, दाङ । तुलसीपुर झरेका अधिकांश बालबालिका पातुखोलामा गिट्टी कुट्न बाध्य छन् । 

स्थायी घर सल्यान, रुकुम, रोल्पा र प्युठान बताउने बालबालि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन ९, दाङ । तुलसीपुर झरेका अधिकांश बालबालिका पातुखोलामा गिट्टी कुट्न बाध्य छन् । 

स्थायी घर सल्यान, रुकुम, रोल्पा र प्युठान बताउने बालबालि"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा विद्यालय छोडेर पातुखोलामा गिट्टी कुट्दै बालबालिका

२०७३, ९ फाल्गुन सोमबार ०९:३९


फागुन ९, दाङ । तुलसीपुर झरेका अधिकांश बालबालिका पातुखोलामा गिट्टी कुट्न बाध्य छन् । 

स्थायी घर सल्यान, रुकुम, रोल्पा र प्युठान बताउने बालबालिका विद्यालय जानुको सटृा जीविकोपार्जनका लागि यहाँ आइपुगेका हुन् । 

छात्रवृत्ति पाउने आशाले भने विद्यालयमा भर्ना भएका बालबालिका पनि आम्दानीका लागि गिट्टी कुटन आएको बालबालिकाको भनाइ छ । गिट्टी कुट्दा आम्दानी धेरै हुने र लगानी नपर्ने बालक सुरेन्द्र परियार बताए । 

पातुखोलामा आठ वर्षदेखि १५÷१६ वर्ष उमेरका बालबलिका गिट्टी कुट्नमा व्यस्त हुन्छन् । आय स्रोत नभएको र बाबु आमाको कमाइले मात्र बिहान बेलुकाको छाक टार्न नसक्ने हुँदा आफू पनि गिट्टी कुट्न बाध्य भएको बालिका अन्जु विक उल्लेख गर्छिन् । 

विद्यालय जाने चाहना हँुदा हुँदै पनि गरिबीका कारण मजदुरी गर्नु परेको बालबालिकाहरुको भनाइ छ । “मलाई स्कुल जाने रहर छ तर मेरो आमा बुबा यहाँ हुनुहुन्न म मामाघरको हजुरआमासँग बस्छु बालक रिदम परियारले भने । 

पारिवारिक अवस्था र आमा बुबाको लापर्बाही र जनचेतनाको अभावले हातमा कापी कलम लिएर विद्यालय जाने उमेरमा ढुङ्गा गिट्टी कुटेर बस्नुपर्ने परिस्थिति आएको महिला स्वास्थ्य स्वयम्सेविका यमुना परियारले बताउनुभयो । 

शिक्षामा पहुँच पु¥याउनका लागि श्रमबाट मुक्त गरी विद्यालयमा भर्ना गरेका बालबालिका धेरै छन् तर तुलसीपुरका बालबालिका भन्दा अन्य जिल्लाबाट आएका बढी भएकाले तुलसीपुर नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्र्न चुनौतीको विषय भएको नगरपालिकाका समाज कल्याण अधिकृत टोपबहादुर डाँगीले बताउनुभयो । 

तुलसीपुर बजार राप्ती अञ्चलकै व्यापारिक केन्द्र भएकाले यो क्षेत्र बालबालिका र अभिभावकको रोजगार थलो बनेको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना