१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

फुकोटमा पढाई सिकाईको अवस्थाबारे सरोकारवाला विच अन्तरक्रिया

९ फाल्गुन २०७३, सोमबार १२:५८

दलसिंह गिरी/फागुन ९, कालिकोट । फुकोट गाविसमा संचालित पढाई सिकाई कार्यक्रमको अवस्थाबारे गाविसका सरोकारवाला विच भएको एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गाविसमा रहेका माध्यामिक र आधारभूत विद्यालयहरुमा संचालित पढाई सिकाई कार्यक्रमको प्रभावकारीता, यसको अवस्थाबारे छलफल तथा यसको थप प्रभावकारीबारे गरिनु पर्ने अभियानबारे छलफल गरी अन्तरक्रिया कार्यक्रम सम्पनन भएको हो । 

यूनिसेफ नेपालको आर्थिक सहयोग विश्व शिक्षा कार्यक्रमको प्राविधिक सहयोग, जिल्ला शिक्षा कार्यालयको समन्वय र किर्डाक नेपालको साझेदारीमा संचालित प्रारम्भिक तह पढाई सिकाई कार्यक्रमबारे ब्यापक छलफल भै विद्यालयमा संचालित कार्यक्रम पश्चात विद्यालय तथा बालबालिकाको पढाई सिकाईमा उल्लेख्य परिवर्तन आएकाले यो कार्यक्रम नियमित र थप प्रभावकारी ढंगले संचालन गर्न पर्ने कार्यक्रमका सहभागिहरुले बताएका छ । 

गाविस सबै विद्यालयका प्रधानाध्यापक, विद्यालय ब्यवस्थापन समिति, शिक्षक अभिभावक समिति लगायतका पदाधीकारीहरुको उपस्तिति कार्यक्रममा पूर्ण सरसफाई, बालबालिकाको पढाई सिकाईमा नियमित अनुगमन, शैक्षिक सामाग्रीको नियमित प्रयोग, बालमैत्री कक्षा कोठाको ब्यवस्थापन जस्ता विविध विषयमा छलफल गरिएको किर्डाक नेपाल कालिकोटका पढाई सिकाई उत्पे्ररक देउमनी धमालाले टेलिफोन मार्फत जानकारी दिनुभएको छ । 

अन्तरक्रिया कार्यक्रमको अध्यक्षता जनजागृति मावि डुंरिडाडाका शिक्षक कृष्ण प्रसाद बरालले गर्नु भएको र यसको सहजिकरण स्वयम आफैले गरेको पढाई सिकाई उत्प्रेरक धमालाले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन