पर्वत ।संक्रमणकालिन न्याय का लागि द्वन्द्व व्यवस्थापन तालिम कुश्मामा शुरु भएको छ । स्थानीय शान्ति समिति पर्वतको आयोजनामा कुश्मामा दुई दिने तालिम शुरु भएको हो । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत ।संक्रमणकालिन न्याय का लागि द्वन्द्व व्यवस्थापन तालिम कुश्मामा शुरु भएको छ । स्थानीय शान्ति समिति पर्वतको आयोजनामा कुश्मामा दुई दिने तालिम शुरु भएको हो । 

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

संक्रमणकालिन न्यायका लागि द्वन्द्व व्यवस्थापन तालिम शुरु

१० फाल्गुन २०७३, मंगलवार ०६:०४

पर्वत ।संक्रमणकालिन न्याय का लागि द्वन्द्व व्यवस्थापन तालिम कुश्मामा शुरु भएको छ । स्थानीय शान्ति समिति पर्वतको आयोजनामा कुश्मामा दुई दिने तालिम शुरु भएको हो । 

स्थानीय शान्ति समितिका सदस्यहरु तथा गाविस÷नगरपालिका      स्तरीय शान्ति समितिका संयोजकहरुको लागि उक्त तालिमको आयोजना गरिएको स्थानीय शान्ति समिति पर्वतले जनाएको छ । 

कार्यक्रमको उद्घाटन गर्दै निमित्त प्रमुख जिल्ला अधिकारी डिल्लीराम पौडेलले शान्ति स्थापनाको लागि राजनीतिक संक्रमणको अन्त्य हुनुपर्नेमा जोड दिए । उनले अस्थीर राजनीतिकको अन्त्य भएमा संक्रमणकालिन अबस्थाको अन्त्य हुने भन्दै त्यसको लागि राजनीतिक दलहरुले        सकरात्मक र रचनात्मक भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

उनले संक्रमणकालिन अबस्थामा द्वन्द्व व्यवस्थापन गर्नको लागि पहिले राजनीतिक दलहरु एक भइ   राजनीतिक निकास निकाल्नुपर्ने औलाए  । समाजलाई शान्ति पथमा लैजानको लागि द्वन्द्व व्यवस्थापन अपरिहार्य भएता पनि त्यसको लागि राजनीतिक संक्रमणकालिन अबस्थाको अन्त्य हुनुपर्ने भन्दै तालिमबाट जिल्लामा शान्ति सुव्यवस्थापन गर्नको लागि आवश्यक जानकारी हासिल हुनेमा विश्वास व्यक्त      गरे । शान्ति समिति स्थानीय स्तरमा संक्रमणकालिन अबस्थामा द्वन्द्वको चपेटामा परेका नागरिकहरुलाई न्यायको प्रत्याभूति गराउनको लागि स्थापना भएको बताउँदै तालिमबाट थप जानकारी तथा आवश्यक ज्ञान हासिल हुनेमा आफू विश्वस्त रहेको बताए । 

स्थानिय शान्ति समिति पर्वतका  संयोजक सोमलाल आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको बारेमा पूर्व संयोजक बैकुण्ठ गिरीले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए ।

उनले शान्ति समितिले आयोजना गरेको दुइ दिने संक्रमणकालिन न्यायका लागि द्वन्द्व व्यवस्थापन तालिमबाट विभिन्न गाविस तथा नगरपालिकाका संयोजक र जिल्लाका सदस्यहरुले धेरै ज्ञान सिक्न पाउने अबसर मिल्ने बताए । यसबाट जिल्ला तथा गाउँ विकासमा शान्ति स्थापनाको लागि थप टेवा पुग्ने विश्वास लिएको बताए ।


कार्यक्रमको स्वागत शान्ति समितिका पुर्व संयोजक धनराज सुनारले गरेका थिए भने कार्यक्रमको संचालन कार्यालय सचिव किशोर सुवेदीेले गरेका  थिए ।


गाउँ विकास समिति, कुश्मा नगरपालिका र स्थानीय शान्ति समिति पर्वतका सदस्यहरु गरी कार्यक्रममा ३२ जनाको सहभागीता रहेको थियो । सो कार्यक्रममा कपिलमणि दाहलले प्रशिक्षण दिने आयोजकले जनाएको छ । प्रशिक्षणमा संक्रमणकालिन अबस्थाका बारेमामा साथै द्वन्द्व व्यवस्थापन र न्यायका लागि आवश्यक प्रारभधानहरुको बारेमा जानकारी एवं जानकारी गराइने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन