पर्वत । बालविवाहका अभियोग लागेका चारजनालाई प्रहरीले हिरासतमा लिएको छ ।


हिरासतमा लिएकाहरुमा गुल्मी खड्गकोट गाविस–४ का पवन ढकाल, पर्वत शङ्कर प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । बालविवाहका अभियोग लागेका चारजनालाई प्रहरीले हिरासतमा लिएको छ ।


हिरासतमा लिएकाहरुमा गुल्मी खड्गकोट गाविस–४ का पवन ढकाल, पर्वत शङ्कर प"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बालविवाह गराउने चारजना हिरासतमा

१० फाल्गुन २०७३, मंगलवार ०६:४२

पर्वत । बालविवाहका अभियोग लागेका चारजनालाई प्रहरीले हिरासतमा लिएको छ ।


हिरासतमा लिएकाहरुमा गुल्मी खड्गकोट गाविस–४ का पवन ढकाल, पर्वत शङ्कर पोखरी गाविस–९ की सुशीला भुसाल, पर्वत देवीस्थान–७ की सीता भुसाल र सोही गाविस–२ का नारायणप्रसाद कँडेल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले जानकारी दिए ।


गुल्मी खड्गकोट–४ का पवन ढकालले गत माघ २२ गते पर्वत लिमीठाना–१ की १७ वर्षीय कुश्मा कुमारी (नाम परिर्वतन) लाई ललाई फकाई विवाह गरेको भन्दै निजकी आमा कल्पना रिजालले जिल्ला प्रहरी कार्यालय गुल्मीमा बालविवाह सम्बन्धीे उजुरी दिएकी थिइन् ।


महिला तथा बालबालिका कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्वतमा पीडित बालिकाले उजुरी दिएपछि सो बारेका थप अनुसन्धान र आवश्यक कारवाहीको लागि भन्दै महिला तथा बालबालिका कार्यालय पर्वतले गुल्मीमा पठाएको थियो । 


न्यायको लागि पुगेकी बालिकाले उजुरी दिएपछि अनुसन्धानका क्रममा प्रहरीले बालविवाह गर्ने र विवाह गर्न सघाउने चारैजनालाई पक्राउ गरी हिरासतमा लिएको हो ।


मुलुकी ऐन, २०२० को विवाहवारी महलअनुसार बालविवाह गरेको पाइएमा रु १० हजार       जरिवाना र छ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।


जिल्लामा बालविवाह सम्बन्धीे घटनामा प्रहरीसमक्ष धेरै कम उजुरी आउने गरेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार पाँच वर्षको अवधिमा बालविवाहको कसुरमा उजुरी दर्ता भएको यो दोस्रो पटक हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन