१९ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

प्रवासीको सहयोगमा विद्युतीय पुस्तकालय अभियान सुरु

११ फाल्गुन २०७३, बुधबार ०७:५४

फागुन ११, म्याग्दी । प्रवासी नेपालीको सहयोगमा म्याग्दीका सामुदायिक विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गर्ने अभियान सुरु भएको छ । 

सामाजिक सञ्जाल ‘फेसबुक’को सहायताले आर्थिक स्रोत जुटाएर ११ वटा शैक्षिक संस्थामा विद्युतीय पुस्तकालय स्थापना गरेको म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)ले जनाएको छ । दोस्रो चरणमा यसलाई थप २० ठाउँमा विस्तार गर्ने तयारी छ ।

रोजगारी, अध्ययन, व्यापार, व्यवसायको सिलसिलामा विदेशिएका म्याग्देलीले सामाजिक सञ्जाल ‘फेसबुक’बाट अभियान चलाएर विद्युतीय पुस्तकालय स्थापनाका लागि आर्थिक स्रोत जुटाएका छन्् । 

ग्रामीण क्षेत्रमा आधुनिक सूचना प्रविधिको पहुँच र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सहयोग पु¥याउने उद्देश्यले विद्युतीय पुस्तकालय स्थापना गर्ने अभियान सुरु गरेको मोनाका कोषाध्यक्ष चक्रबहादुर थापाले बताउनुभयो । 

दोस्रो चरणमा थप २० वटा विद्युतीय पुस्तकालय जडानका लागि आवश्यक व्यवस्थापन खर्चबापत रु १० लाख मङ्गलबार नेपाल लाइब्रेरी फाउन्डेसनलाई उपलब्ध गराइएको मोनाको विद्युतीय पुस्तकालय कार्यदलका संयोजक समेत रहनुभएका थापाले जानकारी दिनुभयो । 

“सामाजिक सञ्जाल फेसबुकमार्फत विश्वका विभिन्न देश र नेपालभित्र रहेका म्याग्देलीसँग समन्वय गरेर आर्थिक स्रोत जुटाएका छाँै” थापाले भन्नुभयो । 

मोनाले जिल्ला शिक्षा कार्यालय, फाउन्डेसन र गैरआवासीय नेपाली सङ्घ (एनआरएन)सँग समन्वय गरेर म्याग्दीका सबै २३२ वटा सामुदायिक विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गर्ने लक्ष्य लिएको छ । 

एउटा विद्युतीय पुस्तकालयको सफ्टवयर जडान गर्न रु ७५ हजार आवश्यक पर्छ । इन्टरनेटको प्रयोगबिनानै कम्प्युटरमा पाठ्यपुस्तक पढ्न, दृष्य हेर्न र श्रव्य सामग्री सुन्न सकिने प्रविधि जडित विद्युतीय पुस्तकालयले शिक्षाको गुणस्तर, विद्यार्थीको पढाइप्रति रुची र सिकाइ उपलब्धि बढाउन मद्दत गर्ने अपेक्षा गरिएको छ । 

विद्युतीय पुस्तकालयमा इन्टरनेट नभएको अवस्थामा पनि पाठकले आफूले चाहेको पुस्तक अध्ययनका साथै शिक्षा, स्वास्थ्य, कृषि, वातावरणलगायत विषयसँग सम्बन्धित सन्देशमूलक श्रब्य, दृष्य सामग्री हेर्न र सुन्ने सुविधा छ । 

पुस्तकालयमा कक्षा २ देखि ७ सम्मको पाठ्यक्रम र आठ हजार विभिन्न विधाका पुस्तक रहेको सफ्टवेयर जडान गरिएको छ । पुस्तकालय स्थापनाका लागि सम्बन्धित विद्यालय तथा संस्थाले कम्प्युटरलगायत पूर्वाधार, मोनाले सफ्टवयर खरिदमा आर्थिक सहयोग र फाउन्डेसनले प्राविधिक सहयोग गर्ने सम्झौता भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश, जनता र संविधान बचाउन वामपन्थी समाजवादी एकता : संयोजक दाहाल जलविद्युत् परियोजनाका चुनौती सहमतिमै समाधान गर्नुपर्छ : मन्त्री घिसिङ फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल विकास दीर्घकालीन हुनुपर्छः मुख्यमन्त्री कार्की इरानमा प्रदर्शनकारी मारिए अमेरिकाले हस्तक्षेप गर्छ : ट्रम्प समुदायस्तरमै रोगको शीघ्र पहिचान र नियन्त्रणका लागि निर्देशिका जारी छेकम्पारमा आगलागी हुँदा एकजना घाइते जेनजी आन्दोलनका सहिदः ज्याला–मजदुरीदेखि देशका लागि बलिदान बोहरा, खत्री र झालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान मिर्गाैला पीडितहरुद्वारा सहयोगको याचना ‘भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्न सुरक्षित निर्माण, बसोबास र व्यवहार अपरिहार्य’ किमकी छोरी उत्तराधिकारी सङ्केत कांग्रेसमा पुस २८ गतेभित्रै विशेष महाधिवेशन गर्न माग बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने म्याग्दीमा एक सय पन्ध्र थान बन्दुक बरामद विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु ‘समानुपातिक समावेशी अधिकारको दुरुपयोग गर्न पाइँदैन’ गतवर्ष ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित सुनचाँदीको मूल्यमा सामान्य वृद्धि