फागुन ११, बैतडी । प्रकृतिको कुचिकारको रुपमा रहेका लोपोन्मुख पंक्षी गिद्ध संरक्षण नहुँदा लोप हुँदै गएका छन् ।

जलवायु परिवर्तन, बासस्थानको समस्या, औषधिको प्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ११, बैतडी । प्रकृतिको कुचिकारको रुपमा रहेका लोपोन्मुख पंक्षी गिद्ध संरक्षण नहुँदा लोप हुँदै गएका छन् ।

जलवायु परिवर्तन, बासस्थानको समस्या, औषधिको प्र"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

संरक्षण नहुँदा बैतडीमा लोपोन्मुख पंक्षी गिद्ध लोप हुँदै

११ फाल्गुन २०७३, बुधबार ०८:०७

फागुन ११, बैतडी । प्रकृतिको कुचिकारको रुपमा रहेका लोपोन्मुख पंक्षी गिद्ध संरक्षण नहुँदा लोप हुँदै गएका छन् ।

जलवायु परिवर्तन, बासस्थानको समस्या, औषधिको प्रयोग र आहाराको अभावमा पछिल्लो समय बैतडीमा गिद्ध लोप हुँदै गएका हुन् । प्राय सिमलको रुखमा गुँड बनाउने गिद्धको लागि गुँड बनाउने ठुल्ठुला रुख नभएकाले लोप हुँदै गएका सामुदायिक वन उपभोक्ता महासङ्घ बैतडीका अध्यक्ष चक्रप्रसाद शर्माले बताए। उनले भने, “खेतबारीमा अन्न उत्पादन कम भएको भन्दै स्थानीयले भएका ठूला रुख काट्न थालेपछि गुँड बनाउने रुख घट्दै गएका हुन् ।”

नेपाल पन्छी संरक्षण सङ्घले बैतडीमा गत वर्ष १२ ओटा गुँड फेला परेको तथ्याङ्कले देखाएको छ। पछिल्लो समय गिद्ध संरक्षण नहुँदा घट्दै गएका छन् ।

गिद्ध संरक्षणका लागि कुनै पहल भएको छैन। सरकारी र स्थानीय तवरबाट पहल हुनसके लोप हुँदै गएका गिद्धको संरक्षण हुने अध्यक्ष शर्माको भनाई छ। गिद्ध संरक्षण गर्न वन कार्यालयले सिमलको रुख कटानीमा रोक्का गरी नयाँ वृक्षरोपणको अभियानमा सिमललाई प्राथमिकता दिनुपर्ने उनले बताए । गिद्धको सुरक्षित वासस्थल मानिने अग्ला सिमलका रुखहरु काटिनुले गिद्ध लोप हुने अवस्थामा पुगेको हो ।

पशुहरुमा प्रयोग गरिने डाइक्लोफेनिक औषधिले पनि गिद्धहरु लोप हुन थालेको जानकार बताउँछन्। पशुको जीउ दुख्ने र ज्वरो आउँदा प्रयोग हुने यो औषधि प्रयोगले गिद्धको विनासमा ठूलो भूमिका खेलेको चिकित्सकहरु बताउँछन्। डाइक्लोफेनक औषधि प्रयोग भएको पशुको सिनो खाने गिद्धको मिर्गौला खराब भई मृत्यु हुने गरेको पशु चिकित्सकको भनाई रहेको छ।

स्थानीय किसानले पनि मरेको पशुको सिनो व्यवस्थापन गर्ने गर्दा भैँसी मरे मासु खाने अन्य गाईगोरु मर्दा खाडल खनेर पुर्न थालेपछि गिद्धले आहारा नपाएकाले घट्दै गएको जिल्ला पशु सेवा कार्यालय बैतडीका प्रमुख डा नवीन घिमिरेले बताए । 

“गिद्धले मरेको सिनो खाएर प्रकृति सफा राख्ने भएकाले मानव स्वास्थ्यका दृष्टिकोणले पनि यसको संरक्षण जरुरी छ,” उनले भने। 

अहिले विश्वभर २३ प्रजातीका गिद्ध पाइन्छन्। त्यसमध्ये दक्षिण एसियामा ९ र नेपालमा ८ प्रजातीका गिद्ध पाइन्छन्। नेपालमा पाइने ८ प्रजातीका गिद्धमा सानो खैरो, डंगर, सुन, गोब्रे, राज, हिमाली, खैरो र हाडफोर रहेका छन् ।

जलवायु परिवर्तन, बासस्थानको समस्या, औषधिको प्रयोग र आहाराको अभावमा पछिल्लो समय लोप हुँदै गएका गिद्धको संरक्षण गर्न जरुरी देखिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन