फागुन ११उर्लाबारी,  । स्थानीय केरौन– १ स्थित राजमार्गमा आज बिहा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ११उर्लाबारी,  । स्थानीय केरौन– १ स्थित राजमार्गमा आज बिहा"/>
२६ पुष २०८१, शुक्रबार
मोरङ्ग - MRG

बसको ठक्करबाट प्रधानाध्यापक ओझाको मृत्यु

११ फाल्गुन २०७३, बुधबार १०:०३

फागुन ११उर्लाबारी,  । स्थानीय केरौन– १ स्थित राजमार्गमा आज बिहान बसले ठक्कर दिँदा मोटरसाइकल चालक पथरी शनिश्चरे– ५ स्थित जनता माविका प्रधानाध्यापक मेघनाथ ओझाको मृत्यु भएको छ । मोटरसाइकलको पछाडी सवार सोही विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष डम्बर चम्जोङ गम्भीर घाइते हुनुभएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको केरौन– १ स्थित चिसाङ पुल छेउमा पूर्वतर्फ आइरहेको को १ ख ५४४६ नं को यात्रुबाहक बसले पश्चिमतर्फ गइरहेको को १६ प २१९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते हुनुभएका ६० वर्षीय ओझाको नोबेल अस्पतालमा उपचारका क्रममा बिहान ११.३० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिनुभयो । दुर्घटनामा गम्भीर घाइते ४० वर्षीय चेम्जोङको सोही अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ . 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज २ बजेको फ्लाइटमार्फत पोखराबाट काठमाडौँ आउदै रवि , अब के हुन्छ प्रक्रिया ? कमल थापाले भेटे प्रधानमन्त्री ओलीलाई, के भयो कुराकानी ? मीनेन्द्र रिजाल भन्छन्- ओलीले संविधान संशोधन ८७ मा हुन्छ भनेपछि अब गठबन्धनको औचित्य सकियो प्रधानमन्त्री ओली र नेतृ रामकुमारी झाँक्रीको डिपफेक भिडिओ भाइरल, चुप नबस्ने झाँक्रीको चेतावनी यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय रवि रिहा भएपछि सूर्य थापाको टिप्पणी – ६५ लाख धरौटीमा रिहा- सफाई/चचहुई! रास्वपा कास्कीले माग्यो माफी लगातार तेस्रो दिन पनि बढ्यो सुनको मूल्य आज संघीय संसदका ५ वटा समितिको बैठक बस्दै रुपन्देहीमा विभिन्न मुद्दाका फरार १२ जना प्रतिवादी पक्राउ भ्रष्टाचार सम्बन्धि सबै फाइल खोलिनुपर्छ, जोकोहीमाथि छानविन हुनुपर्छ: डा.डिला संग्रौला अमेरिकाको भर्जिनियामा कार पोखरीमा खस्दा २ नेपालीको मृत्यु हेर्नुहोस ! शुक्रबारको विदेशी मुद्राको विनिमय दर रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै यस्तो रहने छ आज शुक्रबारको मौसम ! सूर्यदर्शन सहकारी ठगीः छविलाललाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश सूर्यदर्शन सहकारी ठगी प्रकरणः रविलाई धरौटीमा छाड्न आदेश आज थुनामुक्तको आदेश आए पनि छुट्ने छैनन् रवि ऋषिकेश पोखरेलका ‘पिए’ अनिल पोखरेललाई पाँच दिन हिरासतमा राख्न अनुमति दाहाल र नेपालसहित माओवादी र एसका शीर्ष नेताहरुबीच भेटवार्ता