२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीका अपाङ्गता भएका व्यक्ति भन्छन्- ‘राज्यका सेवा सुविधा पाएनौ’

२०७३, १२ फाल्गुन बिहीबार ०५:४०

दिनेश ठकुल्ला/फागुन १२, धनगढी । आजसम्म पनि अपाङ्गता भएका व्यक्ति राज्यका विभिन्न सुविधाबाट बञ्चित भएका कैलालीका अपाङ्गता भएका व्यक्तिले गुनासो गरेका छन् । धनगढीमा भएको एक कार्यक्रममा सहभागि सरोकारवालले यस्तो बताएका हुन् । 

महिला तथा बालबालिका कार्यालय धनगढीकी प्रमुख पूजा काफ्लेले अपाङगता भएका व्यक्ति राज्यले प्रदान गर्ने विभिन्न सुविधाबाट बञ्चित भएको बताउनुभयो । अधिकांश अपाङ्गता भएका व्यक्तिको विद्यालयबाट प्रदान गरिने छात्रवृति देखि परिचय–पत्र प्राप्त सम्ममा पहुँच नपुगेको उहाँले उल्लेख गर्नुभयो ।

अपाङ्गता भएका व्यक्तिले पाउने परिचय–पत्रबारे स्पष्टता नहुँदा पनि अधिकांश व्यक्ति यो सुविधाबाट छुटेको महिला विकास अधिकृत काफ्लेले बताउनुभयो । हाल चार वर्गमा विभाजन गरेर परिचय पत्र वितरण गरिन्छ । पूर्ण अशक्त अपाङ्गता भएकाले क वर्गको रातो कार्ड, अति अशक्त व्यक्तिले ख बर्गको निलो कार्ड, मध्यम अपाङ्गता व्यक्तिले ग वर्गको पहेँलो कार्ड र सामान्य अपाङ्गता व्यक्तिले घ वर्गको सेतो कार्ड पाउने व्यवस्था सरकारले गरेको छ । 

तर, धेरै व्यक्तिलाई यस सम्बन्धमा जानकारि नहुँदा सुविधा उपभोग गर्नबाट बञ्चित भएको कतिपयको भनाइ छ । वि.सं २०६८ सालको जनगणना अनुसार कैलालीमा १२ हजार ५ सय ८० जना अपाङ्गता भएका व्यक्ति छन् । जसमध्ये ५ हजार ६ सय ६१ महिला छन् भने, ६ हजार ९ सय १९ जना पुरुष रहेका छन् । यी मध्ये ५ हजार ३ सय ३० शारिरिक अपाङ्गता, २ हजार ३ सय ६० जना दृष्टिविहिन र १ हजार ७ सय सुनाइ सम्बन्धि अपाङ्गता रहेका महिला विकास अधिकृत काफ्लेले जानकारि दिनुभयो । 

महिला तथा बालबालिका कार्यालयबाट सबै दिन अपाङ्गता परिचयपत्र वितरण नहुने भएकाले जानकारि नहुँदा धेरै टाढाबाट आउने सेवाग्राही दुःख पाउने गरेको समेत उहाँले उल्लेख गर्नुभयो । महिनाको १ र १६ गते मात्रै अपाङ्गता परिचय–पत्र वितरण हुने भएकाले सो दिन मात्रै सेवा लिन अपाङ्गता भएका व्यक्तिलाई आउन महिला विकास अधिकृत काफ्लेले आग्रह समेत गर्नुभयो ।

कैलालीमा रहेका अपाङ्गता व्यक्तिको क्षेत्रमा कार्यरत संघ–सस्थाका अनुसार विभिन्न समस्याका कारण अपाङ्गता भएका व्यक्ति सुविधाबाट पछाडि परेको बताइन्छ । 

कुनै ठाउँमा वास्तविक अपाङ्गताले सुविधा नपाएको तर सपाङ्गता व्यक्तिले अपाङ्गता भएका व्यक्तिको सुविधामा रजाइ गरिरहेको भेटिने गरेको पनि अपाङ्गताको क्षेत्रमा कार्यरतको भनाइ छ । कुनै विद्यालयमा अपाङ्गताको लागि आउने छात्रवृतिमा सपाङ्गता भएकालाई छात्रवृति वितरण गर्ने गरेको अपाङ्गता व्यक्तिको गुनासो छ । 

जिल्ला शिक्षा कार्यालय तथा विद्यालयको लापरबाहिका कारण कैलालीमा वर्षेनि अपाङ्गताको छात्रवृतिका लागि आउने ठूलो बजेट फ्रिज जाने गरेको कतिपयको भनाइ छ । छात्रवृति प्राप्त गर्नुपर्ने व्यक्तिले सुविधा नपाएर अपाङ्गताको लागि आउने बजेट पनि कतिपय विद्यालयले आफू निकटकालाई प्रदान गर्ने गरेको अपाङ्गता व्यक्तिको गुनासो छ । 

महिला तथा बालबालिका कार्यालय धनगढीका अनुसार अपाङ्गताको क्षेत्रमा पर्याप्त बजेटमुलक कार्यक्रमको अभावले पनि अपाङ्गता भएका व्यक्तिले विभिन्न प्रकारको समस्या खेप्न बाध्य भएका छन् । पर्याप्त बजेट नहुँदा अपाङ्गता व्यक्तिका लागि सीपमूलक तालिम संचालन गरेर उनीहरुलाई स्वरोजगार बनाउन समस्या भइरहेको अपाङ्गताको क्षेत्रमा कार्यरत सस्थाको भनाइ छ । 

अपाङ्गताको क्षेत्रमा कार्यरत संघसंस्थाको पनि साझा बुझाइ नहुँदा पनि अपाङ्गता भएका व्यक्ति सुविधा उपभोगबाट पछाडी परेको महिला विकास अधिकृत काफ्लेले बताउनुभयो । 

समान धारणा बनाएर उनीहरुको सुविधा प्रदान गर्नमा लागि परेमा यस्ता समस्या समाधान गर्न सकिनेमा उहाँले जोड दिनुभयो । 

यस्तै वास्तविक अपाङ्गता भन्दा पनि बढि समाङ्ग व्यक्ति पनि सुविधा उपभोग गर्न कार्यालयमा आउने गरेको उहाँले सुनाउनुभयो । वौद्धिक अपाङ्गता भएका व्यक्तिको पहिचान गरि परिचय पत्र दिन समस्या रहेको समेत उहाँले उल्लेख गर्नुभयो ।

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले अपाङमैत्रि सरकारी भवन नभएकाले हपाङ्गता भएका व्यक्ति धेरै सुविधा उपभोग गर्नबाट बञ्चित हुनु परेको वाध्ययता सुनाउनुभयो । उहाँले अब बन्ने सम्पूर्ण सरकारी कार्यालय अपाङ्मैत्री निमार्ण गर्नुपर्नेमा जोड दिनुभयो । समस्या थुप्रै रहे पनि समाधान खोज्न तर्फ सबैको ध्यान जानुपर्ने सहायक प्रजिअ चौधरीले सुझाव दिनुभयो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला