१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीका अपाङ्गता भएका व्यक्ति भन्छन्- ‘राज्यका सेवा सुविधा पाएनौ’

१२ फाल्गुन २०७३, बिहीबार ०५:४०

दिनेश ठकुल्ला/फागुन १२, धनगढी । आजसम्म पनि अपाङ्गता भएका व्यक्ति राज्यका विभिन्न सुविधाबाट बञ्चित भएका कैलालीका अपाङ्गता भएका व्यक्तिले गुनासो गरेका छन् । धनगढीमा भएको एक कार्यक्रममा सहभागि सरोकारवालले यस्तो बताएका हुन् । 

महिला तथा बालबालिका कार्यालय धनगढीकी प्रमुख पूजा काफ्लेले अपाङगता भएका व्यक्ति राज्यले प्रदान गर्ने विभिन्न सुविधाबाट बञ्चित भएको बताउनुभयो । अधिकांश अपाङ्गता भएका व्यक्तिको विद्यालयबाट प्रदान गरिने छात्रवृति देखि परिचय–पत्र प्राप्त सम्ममा पहुँच नपुगेको उहाँले उल्लेख गर्नुभयो ।

अपाङ्गता भएका व्यक्तिले पाउने परिचय–पत्रबारे स्पष्टता नहुँदा पनि अधिकांश व्यक्ति यो सुविधाबाट छुटेको महिला विकास अधिकृत काफ्लेले बताउनुभयो । हाल चार वर्गमा विभाजन गरेर परिचय पत्र वितरण गरिन्छ । पूर्ण अशक्त अपाङ्गता भएकाले क वर्गको रातो कार्ड, अति अशक्त व्यक्तिले ख बर्गको निलो कार्ड, मध्यम अपाङ्गता व्यक्तिले ग वर्गको पहेँलो कार्ड र सामान्य अपाङ्गता व्यक्तिले घ वर्गको सेतो कार्ड पाउने व्यवस्था सरकारले गरेको छ । 

तर, धेरै व्यक्तिलाई यस सम्बन्धमा जानकारि नहुँदा सुविधा उपभोग गर्नबाट बञ्चित भएको कतिपयको भनाइ छ । वि.सं २०६८ सालको जनगणना अनुसार कैलालीमा १२ हजार ५ सय ८० जना अपाङ्गता भएका व्यक्ति छन् । जसमध्ये ५ हजार ६ सय ६१ महिला छन् भने, ६ हजार ९ सय १९ जना पुरुष रहेका छन् । यी मध्ये ५ हजार ३ सय ३० शारिरिक अपाङ्गता, २ हजार ३ सय ६० जना दृष्टिविहिन र १ हजार ७ सय सुनाइ सम्बन्धि अपाङ्गता रहेका महिला विकास अधिकृत काफ्लेले जानकारि दिनुभयो । 

महिला तथा बालबालिका कार्यालयबाट सबै दिन अपाङ्गता परिचयपत्र वितरण नहुने भएकाले जानकारि नहुँदा धेरै टाढाबाट आउने सेवाग्राही दुःख पाउने गरेको समेत उहाँले उल्लेख गर्नुभयो । महिनाको १ र १६ गते मात्रै अपाङ्गता परिचय–पत्र वितरण हुने भएकाले सो दिन मात्रै सेवा लिन अपाङ्गता भएका व्यक्तिलाई आउन महिला विकास अधिकृत काफ्लेले आग्रह समेत गर्नुभयो ।

कैलालीमा रहेका अपाङ्गता व्यक्तिको क्षेत्रमा कार्यरत संघ–सस्थाका अनुसार विभिन्न समस्याका कारण अपाङ्गता भएका व्यक्ति सुविधाबाट पछाडि परेको बताइन्छ । 

कुनै ठाउँमा वास्तविक अपाङ्गताले सुविधा नपाएको तर सपाङ्गता व्यक्तिले अपाङ्गता भएका व्यक्तिको सुविधामा रजाइ गरिरहेको भेटिने गरेको पनि अपाङ्गताको क्षेत्रमा कार्यरतको भनाइ छ । कुनै विद्यालयमा अपाङ्गताको लागि आउने छात्रवृतिमा सपाङ्गता भएकालाई छात्रवृति वितरण गर्ने गरेको अपाङ्गता व्यक्तिको गुनासो छ । 

जिल्ला शिक्षा कार्यालय तथा विद्यालयको लापरबाहिका कारण कैलालीमा वर्षेनि अपाङ्गताको छात्रवृतिका लागि आउने ठूलो बजेट फ्रिज जाने गरेको कतिपयको भनाइ छ । छात्रवृति प्राप्त गर्नुपर्ने व्यक्तिले सुविधा नपाएर अपाङ्गताको लागि आउने बजेट पनि कतिपय विद्यालयले आफू निकटकालाई प्रदान गर्ने गरेको अपाङ्गता व्यक्तिको गुनासो छ । 

महिला तथा बालबालिका कार्यालय धनगढीका अनुसार अपाङ्गताको क्षेत्रमा पर्याप्त बजेटमुलक कार्यक्रमको अभावले पनि अपाङ्गता भएका व्यक्तिले विभिन्न प्रकारको समस्या खेप्न बाध्य भएका छन् । पर्याप्त बजेट नहुँदा अपाङ्गता व्यक्तिका लागि सीपमूलक तालिम संचालन गरेर उनीहरुलाई स्वरोजगार बनाउन समस्या भइरहेको अपाङ्गताको क्षेत्रमा कार्यरत सस्थाको भनाइ छ । 

अपाङ्गताको क्षेत्रमा कार्यरत संघसंस्थाको पनि साझा बुझाइ नहुँदा पनि अपाङ्गता भएका व्यक्ति सुविधा उपभोगबाट पछाडी परेको महिला विकास अधिकृत काफ्लेले बताउनुभयो । 

समान धारणा बनाएर उनीहरुको सुविधा प्रदान गर्नमा लागि परेमा यस्ता समस्या समाधान गर्न सकिनेमा उहाँले जोड दिनुभयो । 

यस्तै वास्तविक अपाङ्गता भन्दा पनि बढि समाङ्ग व्यक्ति पनि सुविधा उपभोग गर्न कार्यालयमा आउने गरेको उहाँले सुनाउनुभयो । वौद्धिक अपाङ्गता भएका व्यक्तिको पहिचान गरि परिचय पत्र दिन समस्या रहेको समेत उहाँले उल्लेख गर्नुभयो ।

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले अपाङमैत्रि सरकारी भवन नभएकाले हपाङ्गता भएका व्यक्ति धेरै सुविधा उपभोग गर्नबाट बञ्चित हुनु परेको वाध्ययता सुनाउनुभयो । उहाँले अब बन्ने सम्पूर्ण सरकारी कार्यालय अपाङ्मैत्री निमार्ण गर्नुपर्नेमा जोड दिनुभयो । समस्या थुप्रै रहे पनि समाधान खोज्न तर्फ सबैको ध्यान जानुपर्ने सहायक प्रजिअ चौधरीले सुझाव दिनुभयो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन